सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु, ९८ जनाको उपचार जारी
दाङ, २६ असोज । यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पुर्याएका छन् ।
नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिनुभयो ।
मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताउनुभयो । उहाँले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताउनुभयो । सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












