दाङमा गाउँपालिका अध्यक्षको घरबाट ४१ हजार रकमसहित ९ जुवाडे पक्राउ
दाङ, २६ असोज । दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब नजिकिदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको छ । दाङको शान्तीनगर गाउँपालिकाबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनिहरुलाई जुवाको खालबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन । पक्राउ पर्नेहरुमा दाङ शान्तीनगर गाँउपालीका वडा नम्बर ५ धनौरी वस्ने ३३ बर्षीय गोविन्द वस्नेत, २८ बर्षीय राम चौधरी, २९ बर्षीय हर्क बहादुर विष्ट, २३ बर्षीय डील्ली बहादुर वली, ५० बर्षीय विर बहादुर विष्ट, ३४ बर्षीय भिम बहादुर खड्का, ३४ बर्षीय कर्ण बहादुर परीयार, ५५ बर्षीय रत्न बहादुर विष्ट र ३९ बर्षीय फर्साराम डागि रहेका छन ।
वेश्यावृत्तिको आरोपमा चार जोडी पक्राउ
यसैगरी बेश्यावृति गरेको आरोपमा दाङमा ८ जना यूवायूवती पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ रानीजरुवा स्थित हिमा चन्दको घरमा अवैध रुपमा बेश्याबृती तथा बेश्यागमन भैरहेको भन्ने सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
निज हिमा चन्दको घरबाट ४ युवती र घर धनि हेमा चन्दसहित ४ जना यूवतीलाई पक्राउ गरी मानव बेच बिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












