दाङमा गाउँपालिका अध्यक्षको घरबाट ४१ हजार रकमसहित ९ जुवाडे पक्राउ
दाङ, २६ असोज । दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब नजिकिदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको छ । दाङको शान्तीनगर गाउँपालिकाबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनिहरुलाई जुवाको खालबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन । पक्राउ पर्नेहरुमा दाङ शान्तीनगर गाँउपालीका वडा नम्बर ५ धनौरी वस्ने ३३ बर्षीय गोविन्द वस्नेत, २८ बर्षीय राम चौधरी, २९ बर्षीय हर्क बहादुर विष्ट, २३ बर्षीय डील्ली बहादुर वली, ५० बर्षीय विर बहादुर विष्ट, ३४ बर्षीय भिम बहादुर खड्का, ३४ बर्षीय कर्ण बहादुर परीयार, ५५ बर्षीय रत्न बहादुर विष्ट र ३९ बर्षीय फर्साराम डागि रहेका छन ।
वेश्यावृत्तिको आरोपमा चार जोडी पक्राउ
यसैगरी बेश्यावृति गरेको आरोपमा दाङमा ८ जना यूवायूवती पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ रानीजरुवा स्थित हिमा चन्दको घरमा अवैध रुपमा बेश्याबृती तथा बेश्यागमन भैरहेको भन्ने सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
निज हिमा चन्दको घरबाट ४ युवती र घर धनि हेमा चन्दसहित ४ जना यूवतीलाई पक्राउ गरी मानव बेच बिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











