१० रुपैयाँ दिएर १० वर्षीया बालिका बलात्कार गर्ने ८५ वर्षे वृद्ध पक्राउ
गोरखा, २६ असोज । १० रुपैयाँ दिँदै १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् । प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो । बुधबार दिउँसो बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएपछि पक्राउ गरिएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए ।
बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । बालिकाकी आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका छन् ।
मियाँले १०/२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । ‘पहिले पनि तीन पटकसम्म घटना भएको पाइयो’, अधिकारीले भने, ‘आमाले बच्चाको स्याहार गर्न नसक्ने रहिछन्, त्यही मौकामा उसले १०/२० रुपैयाँ दिएर पटकपटक त्यसो गर्दै आएको रहेछ ।’ बुधबारको घटना पनि पैसाको लोभ देखाएरै भएको पाइएको एसपी अधिकारीको भनाई छ । बालिकाले २० रुपैयाँ मागेपछि आरोपी मियाँले १० रुपैयाँ दिएर प्रलोभनमा पारेको उनले बताए । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेको छ ।
रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले जानकारी दिए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












