९ वर्षमा संसद् भवनको भाडावाफत १ अर्ब रुपैयाँ तिरियो, संघीय संसद् पनि भाडाकै घरमा
काठमाडौं, ३० असोज । संघीय संसद्का दुबै सदनको बैठक पनि भाडाकै घरमा सञ्चालन हुने भएका छन् । व्यवस्थापिका संसद्का दुवै कार्यकाल भाडाकै घरमा सञ्चालन गरेको नेपालले संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक पनि हालको संसद् भवनमै सञ्चालन हुने भएका हुन् । त्यसको लागि संसद् सचिवालयले तयारी थालेको छ ।
नयाँ बानेश्वरमा रहेको संसद् भवनमा संघीय संसद्का दुबै सदनको बैठक राख्नेगरी संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको छ। आईतबार भएको छलफलमा हाल कायम रहेको भाडा सम्झौता निरन्तर गर्ने र दुबै बैठक सोही भवनमा चलाउने गरी व्यवस्थापन गर्ने दुबै पक्षबीच सहमति भएका छन् । हालको सम्झौता भङ्ग नहुने भएको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबार नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग भवन भाडा कायम राख्नेबारे बैठक भइसकेको बताए । गौतमले भने, ‘महासचिवको नेतृत्वको टोलीले आइतबारै व्यवस्थापन समितिसँग छलफल गरिसकेको छ । तत्कालको आवश्यकतालाई हेरेर भवनको भाडा सम्झौता कायम राख्ने र दुवै सदनको बैठक सोही भवनमा गर्ने मोटामोटी सहमति भयो । ’
सम्झौताअनुसार हालको संसद् भवनमा संघीय संसद्को प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ। भवनकै नुप्से हलमा राष्ट्रियसभा बैठक सञ्चालन हुनेछ। दुबै हलको आवश्यक व्यवस्थापन सम्मेलन केन्द्रले गर्नेछ।
संघीय संसद्को प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ। सम्मेलन केन्द्र २०६५ सालदेखि संसद् सचिवालयले भाडामा उपयोग गर्दै आएको छ। आफ्नै भवन नभएका कारण संसदले वार्षिक दश करोड भाडा सम्झौतामा उक्त भवन प्रयोग गरिरहेको छ।
सिंहदरबारस्थित संसद्को ग्यालरी हल सानो भएपछि पहिलो संविधानसभामा सम्मेलन केन्द्र भाडामा लिई संविधानसभा बैठक सञ्चालन गरिएको थियो । ठूलो आकारमा संविधानसभा बनेपछि उक्त ग्यालरी बैठकमा लबी र आवश्यक आसन कक्ष सानो भएको थियो । अहिलेको सानो प्रतिनिधिसभा वा राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमै सञ्चालन गर्न सकिने भए पनि अहिले भौतिक रूपमा सम्भव छैन ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त भवन प्रयोग गर्न नमिल्ने अवस्थामा छ । सिंहदरबारस्थित पुतली बगैंचामै भवन बनाउने तयारी भए पनि सेनाले जग्गा छाड्न नमिल्ने पत्र यसअघि नै पठाएपछि प्रक्रिया अगाडि बढेको छैन । २०६५ सालदेखि संसद्ले अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडावापत नै झन्डै एक अर्ब रुपैयाँ तिरि सकेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












