चाउचाउ फ्याक्ट्रीको मेसिनमा बेरियर एक मजदुरको ज्यान गयो
कपिलवस्तु, ३० असोज । कपिलवस्तुमा चाउचाउ फ्याक्ट्रीको मेसिनमा बेरिएर एक मजदुरको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका– ६ रामनगरको छेउमा रहेको क्यापिटल फुड प्रालिमा मेसिन सफा गर्ने क्रममा बेरिएर बेरियर थुमुहवा गाउँका १७ बषे सुरेश भुजको ज्यान गएको हो ।
सरसफाइ गर्ने क्रममा मसला बनाउने मेसिनको भित्रीभागले भुजलाई बेरेको थियो । स्थानियहरुले घटनाको विरोधमा फ्याक्ट्रीमा तोडफोड तथा प्रदर्शन गरी यातायात बन्द गराएका छन् । घटनामा अप्रेशटरको लापरबाही देखिएको र जानाजान गरिएको मजदुरहरुले आरोप लगाएका छन् । ‘सुरेशले मेशिन सफा गरीरहेको अप्रेटरलाई थाहा थियो, त्यही बेला मेशीन संचालन गर्नुले पनि अप्रेटरको दोष रहेको स्पष्ट देखिन्छ’ एक मजदुरले घटनाबारे जानकारी दिँदै भने ।
केही महिनाअघि मात्र संचालनमा आएको चााचाउ उत्पादन गर्ने सो उद्योगमा १ सय २० जना कामदारले काम गर्दै आएका छन् । घटनापछि सो उद्योगका मेनेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारीहरु फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले चाउचाउ उद्योग बन्द गराएको छ ।
फरार भएकाहरुको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक भोजजंग शाले जानकारी दिए । मृतकका बुवा रामेश्वरले उद्योगको लापरबाहीले गर्दा छोराको ज्यान गएको भन्दै दोषीलाई तत्कालै कडा कारबाही हुनुपर्ने माग गरे । फोटोः सुरेस थापाको फेसबुकबाट
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












