नेपालीको पाईन्ट च्यात्तिने डरले मेक्सिकोमा पर्खाल लगाएन: ट्रम्प (भिडियोसहित)
काठमाडौं, २ कात्तिक । यसवर्षको सिस्नुपानी देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भिडन्त भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा उनीहरु दुबैले एक अर्कालाई घोँचपेच गरे ।
मञ्चमा देउवा बोलिरहेका बेला दर्शकदीर्घाबाट ‘दिस इज फेक…दिस इज फेक… नमस्ते नेपाल भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रवेश गरे । उनले दर्शक दीर्घामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसँग हात मिलाउँदै मञ्चमा पुगे । मञ्चमा रहेका प्रधानमन्त्री देउवालाई हात मिलाएर पर हुत्यादिए ।
देउवाले देशको प्रधानमन्त्री जस्तो मान्छेलाई पर हुत्याउने यो कस्तो मान्छे भनेर ट्रम्पको आलोचना गरे । ट्रम्पले पनि देउवका लागि नेपालीमा गीत गाए–तिम्रो बाउलाई सलाम छ, तिम्रो सासुलाई राम्रो छ, स्वास्नीलाई एनजीओ छ भन्दिनु…..
ट्रम्पले नेपालीलाई सहयोग गर्न मेक्सिकोमा पर्खाल नलगाउने बताए, उनले पर्खालबाट नेपाली हाम्फाल्दा पाईन्ट च्यातिएर प्वाल पर्ने भएकोले यस्तो गर्न लागेको बताए ।
ट्रम्पले भारत भ्रमणमा यो पटक सकिन, अर्को पटक संविधान संसोधन गर्छु भनेर भन्ने नेपालको तपाई कस्तो प्रधानमन्त्री भनेर प्रश्न गरे । त्यसपछि देउवा बसेको ठाउँबाट उठेर रिसाँउदै ट्रम्पतिर अघि बढे । ट्रम्पले भने–दिस इज फेक….
देउवाले भने–तेरो बाजे फेक । यसले के भन्न खोजेको भन्दै देउवा जंगिए ।
ट्रम्पले आफूलाई नेपाल दिए पाँच बर्षमा अमेरिका जस्तो बनाईदिने बताए । यता देउवाले भने आफूलाई अमेरिका दिए, नेपाल जस्तो बनाईदिने बताँउदा हलमा हाँसोले गुञ्जियो ।
देउवा र ट्रम्पले देउसी भैलो समेत खेल्दै एक अर्कालाई छेडखान गरे । वास्तवमा उनीहरु नक्कली ट्रम्प र देउवा थिए । प्रधानमन्त्री देउवाको रुपमा थिए कलाकार सिताराम कट्टेल धुर्मुस र डोनाल्ड ट्रम्पको भेषमा थिए कलाकार मनोज गजुरेल ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












