दुई श्रीमती हुँदा कालको कोठरीमाः आगो लगाएर जेठी श्रीमतीद्धारा श्रीमानको हत्या
भक्तपुर, ७ कात्तिक । भक्तपुरमा श्रीमतीले आगो लगाएर आफ्नै श्रीमानको हत्या गरेकी छिन् । मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको आगोलागीबाट ज्यान गएको हो । उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर विदुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
आफूलाई खान बस्न समेत नदिने तर कान्छी श्रीमतीलाई सुखका साथ पालेको भन्दै सहन नसकेपछि जेठी श्रीमति गीताले आगो लगाएको बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । आगो लगाउने गीतालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । आगो लगाई फरार रहेकी गीतालाई प्रहरीले जगातीबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रसाईले जानकारी दिए ।
कान्छी श्रीमती माइत गएको बेलामा जेठी श्रीमती गीताले आगो लगाएकी थिइन् । आगोलागीमा परेका विदुरको उपचारका लागि मध्यपुर अस्पताल लगिएको, त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












