दुई श्रीमती हुँदा कालको कोठरीमाः आगो लगाएर जेठी श्रीमतीद्धारा श्रीमानको हत्या
भक्तपुर, ७ कात्तिक । भक्तपुरमा श्रीमतीले आगो लगाएर आफ्नै श्रीमानको हत्या गरेकी छिन् । मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको आगोलागीबाट ज्यान गएको हो । उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर विदुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
आफूलाई खान बस्न समेत नदिने तर कान्छी श्रीमतीलाई सुखका साथ पालेको भन्दै सहन नसकेपछि जेठी श्रीमति गीताले आगो लगाएको बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । आगो लगाउने गीतालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । आगो लगाई फरार रहेकी गीतालाई प्रहरीले जगातीबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रसाईले जानकारी दिए ।
कान्छी श्रीमती माइत गएको बेलामा जेठी श्रीमती गीताले आगो लगाएकी थिइन् । आगोलागीमा परेका विदुरको उपचारका लागि मध्यपुर अस्पताल लगिएको, त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












