धुर्मुस सुन्तलीले निर्माण गरिरहेको सन्तपुर बस्तीका लागि झन्डै ३ करोड अभाव
काठमाडौं, १० कात्तिक । धुर्मुस सुन्तलीले रौतहटमा निर्माण गरिरहेको एकिकृत बस्तीका लागि रकम अभाव भएको छ । समाजसेवी तथा चर्चित हाँस्यकलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणको लागि झण्डै
३ करोड रुपैयाँ अभाव भएको हो ।
साउनमा आएको बाढीले समस्याग्रस्त क्षेत्रका बासिन्दालाई बसाल्न भन्दै निर्माण गर्न लागिएको एकीकृत नमुना सन्तपुर बस्तीमा अहिले घरको जग हाल्ने काम सुरु भएको छ । हालसम्म बस्तीका १५ घरको जग राख्ने काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
धुर्मुसको जन्मदिनको अवसरमा सिलान्यास गरी काम सुरु गरिएको बस्ती १ महिना नबित्दै जग्गा सम्याउने र पर्खाल लगाउने काम सकेर जगको काम समेत शुरु भइसकेको हो । नमुना बस्ती ५ करोड ७५ लाख लगानीमा निर्माण गर्ने लक्ष्यका साथ काम थालिएको छ ।
बस्तिका लागि आवश्यक पर्ने सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन भइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । फाउण्डेशनलाई बस्ती निर्माणका लागि करिव २ करोड सहयोग संकलन भएको र ३ करोडको हाराहारीमा सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले जानकारी दिए ।
माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम अघि बढाएपनि अझै धेरै सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले जानकारी दिइन् । सहयोग संकलनका बारेमा चिन्ता लागेपनि शुरु गरेको योजना पूरा हुने कुरामा उनको विश्वास छ । उनी भन्छिन्, ‘हाम्रा हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन्, उहाँहरु बिना त हामी अधुरो छौं । सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई सहयोग संकलन गर्न गाह्रो हुँदैन् र सबैलाई बस्ती निर्माणमा सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।’
एकीकृत नमुना सन्तपुर बस्तीमा ५० वटा आवासीय घरहरु सहित एउटा सामुदायिक भवन, सार्बजनिक धाराहरु, सौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावर सहितको कम्पाउण्डले घेरिएको एउटा अर्थपूर्ण बस्ती बन्नेछ । एउटा घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ भने बस्तीमा दुई तले घर निर्माण हुनेछ । एउटा घर लगभग साँढे ३ धुर जग्गामा निर्माण हुनेछ । घर पुर्ण रुपमा भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री र बातावरण मैत्री हुने फाउन्डेसनले जनाएको छ ।
तस्बिरः सिताराम कट्टेल (धुर्मुस) को फेसबुकबाट
Comments
अरु समाचार
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












