म अदालतको फैसलाको स्वागत गर्छु: अष्ट्रेलियाली उपप्रधानमन्त्री
क्यानबेरा, अष्टे«लिया, १० कात्तिक (रासस÷एपी) । अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचत हुन प्रतिबन्ध लगाएको भन्दै उपप्रधानमन्त्री बर्नबी जोइस पनि सांसद तथा सत्तामा रहन अयोग्य ठहरिनुभएको यहाँको उच्च अदालतले निर्णय सुनाएको छ ।
अष्ट्रेलियाको एउटा उच्च अदालतले त्यहाँका उपप्रधानमन्त्री जोइस र अन्य चार राजनीतिज्ञले दोहोरो नागरिकता लिएको भन्दै उनीहरु गलत तरिकाले निर्वाचित भएको फैसला सुनाएको हो ।
अदालतको फैसला लगत्तैपछि बोल्दै उपप्रधानमन्त्री जोइसले अदालतले आफूसहित अन्य चार राजनितिज्ञ विरुद्धको फैसलाप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “म अदालतको फैसलाको सम्मान गर्छु ।”
अदालतको उक्त निर्णयको मतलब अब उपप्रधानमन्त्री जोइससहित तीन राजनीतिज्ञहरु कार्यालयमा रहन अयोग्य भएका छन् । जोइस बाहेक बाँकी अन्यले भने गत जुलाईमा नै कार्यालय छोडिसकेका छन् ।
अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचित हुन प्रतिबन्ध लगाए अनुसार उच्च अदालतका निर्णय आएको हो ।
सरकारबाट उपप्रधानमन्त्री बाहिरिँदा अष्ट्रेलियाको सरकारको संसदमा बहुमत रहने छैन । गत अगष्टमा न्यूजिल्याण्डको नागरिकता त्यागेका जोइसले आफूलाई तल्लो सदनका लागि पुन निर्वाचित गर्न आह्वान गर्नुभएको छ । यदि उहाँ उप–निर्वाचनमा निर्वाचित भएमा संसद्मा फर्किन पनि सक्नुहुन्छ ।
यसैबीच अष्टे«लियाको विपक्षी लेबर पार्टीले भने उपप्रधानमन्त्री जोइस अयोग्य ठहरिएकाले उहाँले उपप्रधानमन्त्रीका रूपमा गरेका सबै निर्णयहरुको पुनःसमीक्षा हुनुपर्ने दावी गरेको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...













