त्रिशुली बस दुर्घटनामा मृत्यु भएकाहरुको शव सप्तरी पुग्दा गाउँनै शोकमग्न
सप्तरी, १२ कात्तिक । त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाएकाहरुको शव आज सप्तरी पु¥याईएको छ । शनिबार धादिङस्थित त्रिशुली नदीमा बस खस्दा ३१ जनाको शव भेटिएको थियो । अझै २ जना वेपत्ता रहेका छन् । ज्यान गुमाउने ३१ मध्ये २४ जना सप्तरीका बासिन्दा छन् । जिल्लाका २ जना अझै बेपता छन् । मृत्यु भएकाहरुको शव आज सप्तरी ल्याइँदा पुरा क्षेत्र नै शोकाकुल बनेको छ ।
घटनामा परी मृत्यु भएका सप्तरीका २४ जना मध्ये १२ जनाको शव घरमा ल्याईसकिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । अन्यको शव पनि धादिङबाट ल्याउने क्रम जारी रहेको छ । बिहान १० बजे एकै परिवारका चारजनाको मृत्यु भएको र एक बालक बेपता भएको तिलाठीमा शव पुग्दा सिंगो गाउँभर नै रुवावासी चलेको थियो ।
तिलाठीका पण्डित रमानाथ झाका जेठा छोरा ३५ वर्षिय सन्जितकुमार झा, कान्छा छोरा ३० वर्षिय अन्जितकुमार झा, सन्जितकी श्रीमती सिम्मी झा, सन्जितका जेठा छोरा ८ वर्षिय अभिनवको मृत्यु भएको छ । सन्जितका कान्छा छोरा ३ वर्षिय प्रतिक बेपता छन् । सन्जितसँगै राजधानी गईरहेका उनका सालो २० वर्षका बिटु भनिने आदित्य झा, बिटुकी काकी ७५ वर्षिय चन्द्रिका झाको समेत उक्त घटनामा ज्यान गएको छ । यस्तै सन्जितकी साली २३ वर्षीया पुजा बेपता छिन् ।
तिलाठीस्थित स्मारक चोकमा चार शव पुग्दा आफन्त र गाउँलेको भिड शोकाकुल देखिन्थ्यो । आफन्त मध्ये कोही बेहोस भएर ढलेका थिए त कसैका बोली बन्द भएको थियो । धेरैका आँखाबाट आँशुका धारा बोगिरहेको देखिन्थ्यो ।
दुर्घटनामा ज्यान गुमाएका चारैजनालाई अन्तिम संसकारका लागि कोसी ब्यारेज लगिएको वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । उता तिलाठीकै सन्जितको ससुराली गाउँ राजविराज नगरपालिकाको गोठममा पनि अवस्था उस्तै छ ।
गोठममा उनका सालो र काकी सासुको ज्यान गएको छ भने साली बेपता छिन् । यस्तै रुवावासीको अवस्था छ बोदेवरसाइन नगरपालिकामा । उक्त नगरपालिकाका १० जनाको ज्यान गएको छ । जसमध्ये मानराजाको चतुरनारायण प्रमाणीका चार छोरीको ज्यान गएको छ । यस्तै कृष्णा सवरण गाउँपालिकाकी एक आमा–छोरीको ज्यान गएको छ ।
यस्तै धादिङ दुर्घटनामा जिल्लाका २४ जनाको मृत्यु भएको र २ जना बेपता भएको शोकमा आइतबार जिल्लाका स्थानीय तह र मातहतका सरकारी कार्यालय बन्द छ । यस्तै निजी तथा सरकारी शिक्षण संस्थाहरु समेत शोकमा बन्द गरिएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











