उपभोत्ता ठग्ने दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ
काठमाडौैं, १५ कात्तिक । उपभोत्ता ठगेको आरोपमा प्रहरीले दरबारमार्ग र न्यूरोडका ८ ब्राण्डेड पसलका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी रहेका महानगरीय प्रहरी परिसरले जनाएको छ ।
त्यस्तै लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि पक्राउ गरिएको परिसरका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।
बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ । पक्राउ परेका व्यवसायीहरुमाथि कालो बजारी ऐनअन्तर्गत कारवाहीको मुद्धा चलाईने तयारी भईरहेको प्रवत्ता जोशीको भनाई छ ।
आपूर्ति व्यवस्थापन विभागले दुई महिना अघि ब्राण्डेड सप अनुगमन गर्दा ठगी गरेको पाइएपछि दरवारमार्ग र न्यूरोडका एघार ब्राण्डेड सप सिल गरिएका थिए। दरवारमार्गका व्यवसायीले उच्च राजनीतिक तहमा दबाव दिएपछि झण्डै १८ दिनपछि असोज ८ गते पसलको सिल खुलेको थियो।
दरबारमार्गमा रहेको वेन्ट्ले, नाइक, वान स्टोर, पुमा लगायतका पसलबाट तोकिएको भन्दा धैरै गुणा मुनाफा लिएर बिक्री गरेको अनुगमनको क्रममा खुलेको थियो।
आपूर्ति व्यवस्थापन विभागले महानगर प्रहरी परिसरलाई गत महिना कालो बजारी ऐनअन्तर्गत कार्वाहीका लागि जिम्मा लगाएको थियो ।आपूर्ति व्यवस्थापन विभागको निर्देशनमा महानगर प्रहरी परिसरले गत महिनादेखि दरवारमार्गका नौवटा, न्यूरोडको दुईवटा र अन्य चारवटा फर्ममा कारवाहीकालागि अनुसन्धान सुरु गरेको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












