उपभोत्ता ठग्ने दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ
काठमाडौैं, १५ कात्तिक । उपभोत्ता ठगेको आरोपमा प्रहरीले दरबारमार्ग र न्यूरोडका ८ ब्राण्डेड पसलका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी रहेका महानगरीय प्रहरी परिसरले जनाएको छ ।
त्यस्तै लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि पक्राउ गरिएको परिसरका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।
बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ । पक्राउ परेका व्यवसायीहरुमाथि कालो बजारी ऐनअन्तर्गत कारवाहीको मुद्धा चलाईने तयारी भईरहेको प्रवत्ता जोशीको भनाई छ ।
आपूर्ति व्यवस्थापन विभागले दुई महिना अघि ब्राण्डेड सप अनुगमन गर्दा ठगी गरेको पाइएपछि दरवारमार्ग र न्यूरोडका एघार ब्राण्डेड सप सिल गरिएका थिए। दरवारमार्गका व्यवसायीले उच्च राजनीतिक तहमा दबाव दिएपछि झण्डै १८ दिनपछि असोज ८ गते पसलको सिल खुलेको थियो।
दरबारमार्गमा रहेको वेन्ट्ले, नाइक, वान स्टोर, पुमा लगायतका पसलबाट तोकिएको भन्दा धैरै गुणा मुनाफा लिएर बिक्री गरेको अनुगमनको क्रममा खुलेको थियो।
आपूर्ति व्यवस्थापन विभागले महानगर प्रहरी परिसरलाई गत महिना कालो बजारी ऐनअन्तर्गत कार्वाहीका लागि जिम्मा लगाएको थियो ।आपूर्ति व्यवस्थापन विभागको निर्देशनमा महानगर प्रहरी परिसरले गत महिनादेखि दरवारमार्गका नौवटा, न्यूरोडको दुईवटा र अन्य चारवटा फर्ममा कारवाहीकालागि अनुसन्धान सुरु गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












