८८ किलो सुनकाण्ड: ११ आरोपीविरुद्ध साढे ४३ करोडको बिगो माग गर्दै मुद्दा दायर
काठमाडौं, १७ कात्तिक । प्रहीले ८८ किलो सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सुन तस्करी प्रकरणमा संलग्न भनिएका ११ जनाविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
अबैध सुन प्रकरणका अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । महानगरीय अपराध महाशाखाले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो । संगठित अपराध ऐनअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको परिसरले जनाएको छ । अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।
शुभरत्न शाक्य, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध मुद्दा दायर गरिएको छ । त्यस्तै, चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि परिसरले मुद्दा दायर गरेको छ । यी चार जना भने फरार छन् ।
तीन जना ड्राइभरलाई भने परिसरले निर्दोष ठहर्याएको छ । अन्य चार जना चिनियाँको भने परिचय खुल्न सकेको छैन । पहिचान खुलेपछि उनीहरूविरुद्ध पनि मुद्दा चलाइने परिसरले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












