कानून बनेसँगै जवरजस्ती धर्म परिवर्तन गराउने क्रिस्चियन फन्दामा, प्रलोभनमा पार्न खोज्दा मुद्दा
दाङ, २० कात्तिक । दाङमा जबरजस्ती धर्म परिवर्तन गराईएको भन्दै क्रिस्चियन विरुद्ध उजुरी परेको छ । देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाईएको भन्दै उजुरी परेको हो ।
लमही नगरपालिका वडा नम्बर ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै लमही नगरपालिकामा उजुरी लिएका छन् । हालै सरकारले जवरजस्ती धर्म परिवर्तन गर्ने र गराउनेलाई कारवाहीको दायरमा लिनेगरी कानुन बनाएको थियो ।
नेपालमा विदेशीहरुले खुलेआम धर्म परिवर्तन गराईरहेको व्यापक गुनासोकाबीच सरकारले यस्तो कानून ल्याएको थियो । धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ ।
स्थानीय मनोज चौधरीको पीडित परिवार र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्नहरूलाई नगरपालिकामा राखेर छलफल समेत गरिएको छ । नगरपालिकाको न्याय समितिका संयोजक तथा उपमेयर देवका बेल्वासेले दुवै पक्षलाई छलफलमा राखेको जानकारी दिइन् । ‘छलफल निष्कर्षमा पुग्न सकेको छैन्’, उनले भनिन् ।
घोराही उपमहानगरपालिकाबाट क्रिश्चियनहरूको समूहका नेतृत्वकर्ताहरू छलफलमा झिकाइएको थियो । डोरबहादुर के.सी.को घरमा डेरागरी बस्ने विदेशी महिलाहरूले प्रलोभन देखाएर जबरजस्ती क्रिश्चियन धर्म मान्न दबाव दिएको तथा खुल्न नसकेको बस्तु सेवन गर्न लगाएको निवेदनमा उल्लेख छ ।
धर्मपरिवर्तन गर्न सुरुमा भरिने वप्तिस्मा आवेदन फारम भर्न लगाएको प्रमाण समेत नगरपालिकामा निवेदनसहित पेस गरिएको छ । क्रिश्चियनहरूले नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गरेका समाचार र आरोपहरू आइरहेका बेला लमही बजारमा साधारण थारु परिवारलाई जबरजस्ती क्रिश्चियन बनाएको घटनाले अन्य धर्म समुदायकाहरूलाई आक्रोशित बनाएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












