मन्त्रीकै छोरीलाई २४ सय पर्ने जुत्ताको मूल्य २८ हजार भन्दा दरबारमार्गमा छापा हानेका खुलासा
काठमाडौं, २१ कात्तिक । यतिबेला राजधानीको सबैभन्दा महंगो ठाउँ दरबारमार्ग एकदमै चर्चामा आईरहेको छ । हुनत धनीमानि तथा हुनेखानेहरुको पहिलो रोजाईमा पर्ने दरबारमार्ग यतिबेला अर्कै कारणले चर्चामा छ । २४ सय पर्ने एक जोर जुत्ताको मुल्य २८ हजारमा बेचिएको पाएपछि सरकारले दरबारमार्गका केही ब्रान्डेड पसलमा सिल गरेको थियो ।
अहिले यो विषयले निकै चर्चा पाईरहेको छ । सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान समेत गरिरहेको छ । अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन् । उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलकी छोरीबाट सुरु भएको पाईएको छ ।
उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी थिईन् । उनले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन् । आखिर मन्त्रीकी छोरी न परिन् । सस्तो जुत्तामा कहाँ आँखा जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो । उनलाई मन परेको जुत्ता जसरी पनि किन्ने निधो गरिन् । उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे । ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोही कारण दरबारमार्गमा साह्रै महंगो ठानेर उनले आफैँ आएर छापा हानेको रहस्य खुलेको छ ।
गल्ती पत्ता लगाएर कारबाही गर्ने भन्दा पनि दुःख दिने नियतले मन्त्री मण्डलले छापा हानेको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् । छोरीले महंगो जुत्ता किन्न लागेपछि त्यसैको रिसमा मन्त्रीले दरबारमार्गभरिका पसलमा छापा हानेको अनुसन्धानमा आबद्ध एक अधिकारीको बुझाई छ ।
मन्त्रीको भित्रि मनसाय बुझेपछि अनुसन्धानमा सुस्तताः
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ८ वटा पसलका १० जना प्रवन्धकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । मण्डलले गत १९ र २० भदौमा दरबारमार्गका १३ वटा ठूला पसलहरुमा छापा हानेका थिए । वास्तविक मूल्यभन्दा धेरै गुणा महंगोमा सामान बिक्री गरेको भन्दै छापा हानी पसलमा सिल गरेका थिए । तर, त्यसपछि उनले कतै छापा हानेनन् ।
जसबाट पनि चर्चा कमाउन र तर्साउन मात्र उनले छापा हानेको पुष्टि भएको थियो । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ती पसलहरुमा प्रारम्भिक अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीले छापा हानी कर्मचारीलाई पक्राउ गरेको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












