प्याराडाइज पेपर्समा नेपाली दस्तावेजः लक्ष्मी सिमेन्टमा भित्रिन लागेको ८० लाख डलर तुहियो
काठमाडौं, २४ कात्तिक । यतिबेला प्याराडाइज पेपर्सले चर्चा पाईरहेको छ । विश्वका शक्तिशाली व्यक्तिहरुले कागजी कम्पनीहरुमार्फत् कर छली गर्ने उद्देश्यले लगानी गर्ने गरेको विवरणसहितको ’प्याराडाइज पेपर्स’ अहिले निकै चर्चा पाईरहेको छ । बेलायती महारानी एलिजाबेथ द्धितिय देखि लिएर विश्वका शक्तिशाली नेता तथा धनीहरुसम्मले सम्पत्ति लुकाएको विवरण प्याराडाइज पेपर्सले सार्वजनिक गरेको छ ।
जुन विषय यतिबेला विश्वभर चर्चामा छ । तर यस विषयले नेपालमा कतिको प्रभाव पा¥यो वा कुनै नेपालीको नाम भेटिएको छ छैन् भन्ने कुरा अझै खुल्न सकेको छैन् । यसअघिको ‘पनामा पेपर्स’ र ‘अफसोर लिक्स’ मा पनि केही नेपालीको नाम भेटिएको थियो।
पनामा पेपर्सका एक करोड ३४ लाख गोप्य इलेक्ट्रोनिक डकुमेन्ट समावेश न्, जुन सबै सबै सार्वजनिक भइसकेका छैनन् । यसमा नेपालीहरुको नाम अझै भेटिन बाँकी नै छ । अफशोर ल फर्म एप्पलबाइ, कर्पोरेट सर्भिस प्रोभाइडरहरु एस्टेरा र एसियासिटी ट्र्स्टसँग सम्बन्धित १ लाख २० हजारको नाम यसमा छ । आइसिआइजेको सहकार्यमा विश्वका विभिन्न मिडिया लागेर ५ नोभेम्बरदेखि यी डकुमेन्टहरु सार्वजनिक हुन थालेका हुन् ।
आइसिआइजेको मिडिया पार्टनर इन्डियन एक्सप्रेसले आजको अङ्कमा नेपालसँग सम्बन्धित एउटा विवरण विस्तृतमा प्रकाशित गरेको छ । यो घटना नेपालको लक्ष्मी सिमेन्ट उद्योगसँग सम्बन्धित छ । यो उद्योग २०५६ साल भदौ ३ गते नेपालमा उद्योग विभागमा दर्ता भएको कम्पनी हो । कम्पनीसँग सिमेन्ट प्लान्टका लागि चुनढुंगा खानीको लाइसेन्स पनि थियो ।
सन् २०१२ को अक्टोबरमा ब्रिस्टोलको एउटा ल फर्म टिएलटी सोलिसिटर्सले आफ्नो क्लाइन्ट लक्ष्मी सिमेन्ट उद्योगका लागि आइल अफ म्यानमा एउटा होल्डिङ कम्पनी खोल्न एप्पलबाइको सेवा खोज्छन् । आयल अफ म्यान बेलायत र आयरल्यान्डको बीचमा पर्ने एउटा सानो टापु हो । यहाँ क्यापिटल गेन ट्याक्स, सम्पतिलगायतका अनेक कर लाग्दैन भने आयकर एकदमै थोरै लाग्छ । त्यसैले यो टापु राष्ट्र अफसोर आर्थिक कारोबारको केन्द्र बनेको छ ।
त्यस्तै एप्पलबाई यस्ता अफसोर केन्द्रहरुमा कागजी कम्पनी खोल्न सघाउने फर्म हो। यही फर्मका विवरणहरु प्याराडाइज पेपर्सबाट लिक भएका हुन् । एप्पलबाईलाई आयल अफ म्यानको प्रस्तावित कम्पनीका लागि ब्याङ्क कम्पनी पनि खोल्न भनिएको थियो जसले अर्को अफसोर केन्द्र ब्रिटिश भर्जिन आइल्यान्डबाट खुल्न बाँकी कम्पनीले ८० लाख अमेरिकी डलर ऋणका रुपमा प्राप्त गर्छ । र त्यसैले नेपालको सिमेन्ट प्लानलाई ऋणमा चलाउँछ ।
एप्पलबाईबाट लिक भएका कागजातका अनुसार नेपालको लक्ष्मी सिमेन्ट उद्योगको मालिक कम्पनी आयल अफ म्यानको एउटा खुल्न बाँकी कम्पनी हुन्थ्यो जसको ७० प्रतिशत हिस्सा अनिल गुप्ता र बाँकी ३० प्रतिशत शेयर विनोद पोद्दारको हुन्छ । अनिल गुप्ता भारतीय नागरिक हुन् । उनी अम्बे ग्रुपका मालिक पनि हुन्। अर्को विनोद पोद्दार पनि भारतीय नागरिक नै हुन् जसको गोविन्द रबर उद्योग छ ।
यो कम्पनीको डाइरेक्टरमा एक्ला भारतीय अर्चित गुप्ता बनाउनु थियो जो अनिल गुप्ताका छोरा हुन् । अनि यो कम्पनीका लागि दुई जना कागजी डाइरेक्टर आइल अफ म्यानकै बासिन्दा खोज्न भनिएको थियो ।
एप्पलबाईले सोही निर्देशन अनुसार प्लुटस इन्टरनेसनल लिमिटेड नामको कम्पनी खोल्यो र यसको दुई वटा डाइरेक्टर कम्पनीलाई पनि नेपालकै ठाउँको नामबाट खोल्यो, पोखरा कन्ट्रोलर्स लि. र काठमाडौँ म्यानेजर्स लि.। नेपालमा कुनै पनि विदेशी लगानीको कम्पनीमा कम्तिमा २० प्रतिशत शेयर नेपाली नागरिकको हुनुपर्ने प्रावधान छ।
अनिल गुप्ताको परिवारका सदस्य बताउने वैभव गुप्ताले एप्पलबाईसितको सम्पर्कमा आयल अफ म्यानमा कम्पनी खुल्ने बित्तिकै यो कम्पनीले नेपालमा भएका आफ्ना मानिससित सेयर खरिद सम्झौता गर्ने बताएका थिए । त्यसो गरेपछि बल्ल लक्ष्मी सिमेन्ट उद्योग यो बाहिरको कागजी कम्पनीको पूर्ण नियन्त्रणमा आउँथ्यो ।
आयल अफ म्यानको स्तरमा कुनै कर नलाग्ने भए पनि ब्याज रेमिट गर्न र प्रिन्सिपल पेमेन्ट त्यहाँको कम्पनीलाई गर्न नेपालमा १५ प्रतिशत विदहोल्डिङ ट्याक्स लाग्ने कुरा गुप्ताले उल्लेख गरेका थिए । तर नेपाली कम्पनीलाई ऋण दिने विषयमा रोयल ब्याङ्क अफ स्कटल्यान्ड र एप्पलबाई दुवै सतर्क भए । एप्पलबाईले रेगुलेटरी इस्युबारे विचार गर्नुपर्ने बताउँदै सम्पतिको स्रोत पनि खोजियो। ‘नेपाल जस्तो देशमा चुनढुंगा खानी चलाउन भ्रष्टाचारका इस्यु पनि हुनसक्छन्,’ एप्पलबाईको कागजातमा उल्लेख छ।
रोयल ब्याङ्क अफ स्कटल्यान्डले एप्पलबाईलाई लेख्यो, ‘नेपाल इस्यु हैन । यी महानुभाव भारतीय भएकोले इन्टाइटी हाइ रिस्कमा छ । तपाईले सम्पतिको स्रोत पनि ब्याङ्क खाता खोल्ने फर्ममा भर्नुपर्छ।’
यसैमा कुरा नमिलेपछि आयल अफ म्यानमा खोल्ने भनिएको कागजी कम्पनी र त्यसले नेपालको लक्ष्मी सिमेन्ट उद्योगको सेयर किन्ने कुरा तुहियो । लक्ष्मी सिमेन्ट उद्योग अहिले पनि नेपालमा सञ्चालन भइरहेको छ । यसका अध्यक्ष तथा कार्यकारी निर्देशक उनै अनिल गुप्ता नै हुन् । उनका छोरा अर्चित गुप्ता र अर्पित गुप्ता यो कम्पनीका कार्यकारी निर्देशक छन् भने नेपालका लागि सिइओ कृष्णप्रसाद उप्रेति छन् । यो समूहको अर्को लगानी केपी सिमेन्ट उद्योगमा पनि छ ।
यतिबेला नेपालसँग नाम जोडिएको एउटामात्र विषय बाहिर आएको छ । अझ यस्ता कैयौ विषयहरु बाहिर ल्याउने तयारी भईरहेको आइसिआइजेको मिडिया पार्टनर इन्डियन एक्सप्रेसले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












