धनुषा ३ मा निधि कि महतो ? दुवै एकअर्काप्रति आरोप प्रत्यारोपमा
जनकपुर, २६ कात्तिक । धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ ।
धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ । प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएपछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य देखिएका छन् ।
धनुषाका स्थानीयले धनुषा ३ को चुनावी माहोललाई चुनावी चमकधमकको संज्ञा दिईरहेका छन् । आफुलाई मधेशको मतियार मान्ने राजपाका महतो र अर्कोतिर कांग्रेसका प्रभावशाली नेता निधिबीचको चुनावी भिडन्तलाई स्थानीयले निकै रोचक तरिकाले हेरेका छन् ।
दुई नम्बर प्रदेशकै मुख्य स्थान जनकपुरबाट चुनाव जित्ने नेताको महत्व प्रदेशदेखि केन्द्रसम्म बढ्ने भएकाले यहाँको चुनाव नतिजाप्रति सबैको चासो रहेको छ । सरकारले औपचारिक रूपमा प्रदेशहरूको राजधानी घोषणा नगरे पनि दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई नै बनाउन केही कार्यालय स्थापना गरेपछि जनकपुरको निर्वाचनका लागि मधेसी दलसहित प्रमुख दलले आफ्नो शक्ति अन्य क्षेत्रका तुलनामा बढी नै खर्चेको जानकारहरू बताउँछन् ।
जनकपुरका अधिवक्ता विमल मिश्रा भन्छन्, ‘यहाँ राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आउनुले जनकपुरको राजनीतिक महत्व बढेको छ।’कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरसहितका मधेसका क्षेत्रमा आफू प्रभावशाली रहेको प्रस्तुति दिने गरेका छन् । तर, पछिल्लो मधेस आन्दोलनमा मधेसमा छुट्टै लोकप्रियता बटुलेका राजेन्द्र महतोले आफू मधेसको नेता हुँ भन्दै जनकपुरमा उपस्थिति देखाउन कम्मर कसेर लागेका छन्।
दुवैको आ-आफ्नै दाबीका कारण निधि र महतोको निर्वाचन प्रतिस्पर्धा दुवै नेताका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ। निधिले महतोलाई पर्यटक उम्मेदवारको संज्ञा दिँदै प्रचारप्रसार गरिरहेका छन् भने महतोले कांग्रेस नेतृत्वमै वर्तमान संविधान जारी भएको भन्दै आफूरूले संशोधन गर्न चाहेको र निधिकै कारण संशोधनमा सफलता नमिलेको भन्दै प्रतिकारमा उत्रेका छन् । संविधानकै विरोधमा मधेसमा ६ महिना लामो आन्दोलन चर्केको थियो । जनकपुर संविधानको विरोधमा सुरु भएको मधेस आन्दोलनको एउटा प्रमुख केन्द्र बनेको थियो ।
केही समयअघि भएको स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरको मेयरसहित दुई तिहाइ स्थानमा राजपा अत्यधिक मतसहित विजयी भएको थियो । मधेस आन्दोलनको जगमा राजनीति गरिरहेको दाबी गर्ने राजपा नेता महतोले निधिसँगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका छन् । पछिल्लो समय निधिसँग यो क्षेत्रका जनताको गुनासो बढ्दै गएको मौकाको फाइदा उठाउन महतो कम्मर कसेर लागेका छन् । यसको संकेत उनले निर्वाचन प्रचारप्रसार सुरु गर्दा नै दिए ।
महतोले निधिको गृहनगर जटही पुगेर सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरी आफ्नो चुनाव प्रचार अभियान सुरु गरेका थिए । निधिले पछिल्लो समय जातिवादलाई बढावा दिएको र ब्राह्मण समुदायका मतदातासँग राम्रो तालमेल गर्न नसक्दा उनीप्रति नकारात्मक मनोभाव देखिन्छ । २६ हजार ब्राह्मण मतदाता रहेको यो क्षेत्रमा निधिका लागि सबैभन्दा बढी गाह्रो यिनै मतलाई विश्वासमा लिनु रहेको जानकारहरू बताउँछन् । धनुषा ३ मा ९७ हजार मतदाता छन् ।
यसहिसाबले हेर्दा धनुषा ३ को चुनावी भिडन्त निकै रोचक बन्ने देखिएको छ । महतोले निधिले जितेमा आफू राजनीति नै नगर्ने दाबी गर्दै आएका छन् । निधिले महताले जित्ने आधार नै नभएको बताउँदै आएका छन् । उनीहरु एकअर्का प्रति आरोप प्रत्यारोपका उत्रिईरहेका छन् । यसको फाईँदा अर्को पक्षले पनि लिन सक्ने देखिन्छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












