धनुषा ३ मा निधि कि महतो ? दुवै एकअर्काप्रति आरोप प्रत्यारोपमा
जनकपुर, २६ कात्तिक । धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ ।
धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ । प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएपछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य देखिएका छन् ।
धनुषाका स्थानीयले धनुषा ३ को चुनावी माहोललाई चुनावी चमकधमकको संज्ञा दिईरहेका छन् । आफुलाई मधेशको मतियार मान्ने राजपाका महतो र अर्कोतिर कांग्रेसका प्रभावशाली नेता निधिबीचको चुनावी भिडन्तलाई स्थानीयले निकै रोचक तरिकाले हेरेका छन् ।
दुई नम्बर प्रदेशकै मुख्य स्थान जनकपुरबाट चुनाव जित्ने नेताको महत्व प्रदेशदेखि केन्द्रसम्म बढ्ने भएकाले यहाँको चुनाव नतिजाप्रति सबैको चासो रहेको छ । सरकारले औपचारिक रूपमा प्रदेशहरूको राजधानी घोषणा नगरे पनि दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई नै बनाउन केही कार्यालय स्थापना गरेपछि जनकपुरको निर्वाचनका लागि मधेसी दलसहित प्रमुख दलले आफ्नो शक्ति अन्य क्षेत्रका तुलनामा बढी नै खर्चेको जानकारहरू बताउँछन् ।
जनकपुरका अधिवक्ता विमल मिश्रा भन्छन्, ‘यहाँ राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आउनुले जनकपुरको राजनीतिक महत्व बढेको छ।’कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरसहितका मधेसका क्षेत्रमा आफू प्रभावशाली रहेको प्रस्तुति दिने गरेका छन् । तर, पछिल्लो मधेस आन्दोलनमा मधेसमा छुट्टै लोकप्रियता बटुलेका राजेन्द्र महतोले आफू मधेसको नेता हुँ भन्दै जनकपुरमा उपस्थिति देखाउन कम्मर कसेर लागेका छन्।
दुवैको आ-आफ्नै दाबीका कारण निधि र महतोको निर्वाचन प्रतिस्पर्धा दुवै नेताका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ। निधिले महतोलाई पर्यटक उम्मेदवारको संज्ञा दिँदै प्रचारप्रसार गरिरहेका छन् भने महतोले कांग्रेस नेतृत्वमै वर्तमान संविधान जारी भएको भन्दै आफूरूले संशोधन गर्न चाहेको र निधिकै कारण संशोधनमा सफलता नमिलेको भन्दै प्रतिकारमा उत्रेका छन् । संविधानकै विरोधमा मधेसमा ६ महिना लामो आन्दोलन चर्केको थियो । जनकपुर संविधानको विरोधमा सुरु भएको मधेस आन्दोलनको एउटा प्रमुख केन्द्र बनेको थियो ।
केही समयअघि भएको स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरको मेयरसहित दुई तिहाइ स्थानमा राजपा अत्यधिक मतसहित विजयी भएको थियो । मधेस आन्दोलनको जगमा राजनीति गरिरहेको दाबी गर्ने राजपा नेता महतोले निधिसँगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका छन् । पछिल्लो समय निधिसँग यो क्षेत्रका जनताको गुनासो बढ्दै गएको मौकाको फाइदा उठाउन महतो कम्मर कसेर लागेका छन् । यसको संकेत उनले निर्वाचन प्रचारप्रसार सुरु गर्दा नै दिए ।
महतोले निधिको गृहनगर जटही पुगेर सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरी आफ्नो चुनाव प्रचार अभियान सुरु गरेका थिए । निधिले पछिल्लो समय जातिवादलाई बढावा दिएको र ब्राह्मण समुदायका मतदातासँग राम्रो तालमेल गर्न नसक्दा उनीप्रति नकारात्मक मनोभाव देखिन्छ । २६ हजार ब्राह्मण मतदाता रहेको यो क्षेत्रमा निधिका लागि सबैभन्दा बढी गाह्रो यिनै मतलाई विश्वासमा लिनु रहेको जानकारहरू बताउँछन् । धनुषा ३ मा ९७ हजार मतदाता छन् ।
यसहिसाबले हेर्दा धनुषा ३ को चुनावी भिडन्त निकै रोचक बन्ने देखिएको छ । महतोले निधिले जितेमा आफू राजनीति नै नगर्ने दाबी गर्दै आएका छन् । निधिले महताले जित्ने आधार नै नभएको बताउँदै आएका छन् । उनीहरु एकअर्का प्रति आरोप प्रत्यारोपका उत्रिईरहेका छन् । यसको फाईँदा अर्को पक्षले पनि लिन सक्ने देखिन्छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












