अबदेखि प्रहरी अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने
काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा आईतबार एक कार्यक्रमकाबीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।
सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पारे । उनले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वर्द्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि स्मरण गराए ।
सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ । अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो ।
अस्पतालको सेवा शुल्क भने अन्य सरकारी अस्पताल सरहनै हुनेछ । अस्पतालले अत्याधुनिक ल्याब बनाउने कामलाई पनि तीव्रताका साथ अघि बढाएको जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











