यि हुन्, शेरधन राईमाथि बम प्रहार हुँदा २१ राउण्ड गोली प्रहार गर्ने सुरक्षागार्ड
भोजपुर, २८ कात्तिक । एमाले नेता शेरधन राईलाई बचाउन सुरक्षागार्डले २१ राउण्ड गोली प्रहार गरेको पाईएको छ । भोजपुरमा नेकपा एमालेका उम्मेदवार राई चढेको गाडीमा बम प्रहार भएपछि सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेका हुन् ।
आक्रमणकारी १० जना जतिको समूहमा रहेको र गाडीमा बम प्रहार गरेपछि सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेको राईका निजी सचिव तिलकराम राईले जानकारी दिए । अज्ञात समूहले प्रहार गरेको बमबाट राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको छ ।
बम प्रहारबाट गाडीको अगाडिको भागमा क्षति भएको रार्ईका स्वकीय सचिव राईले जानकारी दिए । पूर्वमन्त्री राई भने सकुशल रहेका छन् । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका राई भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ का उम्मेदवार हुन् । बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा उनी चढेको गाडीमा बम प्रहार गरिएको हो । टेम्के मैयु गाउँपालिका–६ गुम्बामा पुगेका बेला राई चढेको गाडीमा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












