मानसिक सन्तुलन गुमेका युवकले अन्धाधुन्द खुकुरी प्रहार गर्दा तीनजनाको हत्या
मकवानपुर, २९ कात्तिक । मकवानपुरमा खुकरी प्रहारबाट तीन जनाको हत्या भएको छ । महनगरी–७ सिमलडाँडाका सुमन बराइलीले अन्धाधुन्द खुकुरी प्रहार गर्दै तीनजनाको हत्या गरेका हुन् । बराइलीले स्थानीय ५२ वर्षीय सीताराम धितालको घरमै पुगेर खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
त्यसैगरी खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धितालका छोरा सुदन र छिमेकी जीतबहादुर ब्लोनको उपचारका लागि भरतपुर लाँदै गर्दा बाटामै ज्यान गएको छ । बराइलीलाई घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
यसरी भयो तीन जनाको एकै चिहानः
मंगलबार साँझ एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर तीन जनाको हत्या भयो । ३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गरी तीन जनाको हत्या गरे । घटनास्थल मनहरी बजारबाट १ किलोटिर पश्चिममा पर्छ ।
मृतकमध्ये एक हुन् ५२ बर्षीय सीताराम धिताल । उनको सानो एकतले, दुईपाखे फुसको घर छ । हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै उनी बसाइँ सरेर आएका हुन् । उनी ज्याला मजदुरीका काम गर्थे । उनको घरभन्दा ५० मिटर दुरीमा एउटा अर्को चिटिक्कको घर छ । त्यो घर हो सुमन बराइलीको । सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको रहेछ ।

३२ बर्षका सुमन र ५२ बर्षका सीताराम मित साइनोमा बाँधिए, छोराहरु मार्फत । सुमन केही बर्षयता असामान्य अबस्थामा रहेछन् । केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । केहीदिनदेखि सुमन घरबाट हराएका थिए ।
उनलाई खोजेर सोमबार घर ल्याइयो । सुमन १ बर्षअघि मात्रै समिलडाँडामा बस्न आएका हुन् । कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराए र मंगलबार बिहानै फेरि खोजेर ल्याइयो । उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरे ।
यसरी भयो हत्याः
मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गए । घरमा बस्नु, काम गर्नु भनेर सम्झाउन उनी गए । सुमन भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । यत्तिकैमा घरको आँगनमा मित सीतारामलाई खुकुरी हाने । मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले । बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे ।
छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे। त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यातियो । गाउँलेहरुको भागाभाग भयो ।
वृद्धलाई बाटोमै खुकुरी प्रहारः
एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्यो ।सबैजनाले ब्लोनलाई भाग्न भने । तर उनले कान नसुन्ने रहेछन् । उनको आँखा पनि कमजोर रहेछ । सुमनले ब्लोनलाई पनि गर्दनमै खुकुरी प्रहार गर्छ, ब्लोन बाटामै ढल्छन् । खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले पछ्याए । तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे ।
नांगो खुकरी लिएर धमाधम हत्या गर्न थालेपछि स्थानीय कसैले घटनाको जानकारी फोनमार्फत प्रहरीलाई गराए । प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आइपुग्छ ।प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्छन् । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश माग्छन् । गोली हान्नु भन्ने जवाफ अउँछ । तर, गाउँलेले हानेको ढुंगा लागेर सुमन लड्न पुग्छ । प्रहरीले उनलाई पक्राउ गर्छ ।
मानसिक सन्तुलन गुम्दाको परिणामः
प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालिएको छ । प्रहरी कार्यालयमा सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे भन्छन् । उता भनेको कता भनेर प्रश्न गर्दा उनी भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











