राजनीतिक सेटिंगका आधारमा नियुक्ति दिँदा वैदेशिक रोजगार विभाग अख्तियारको निशानामा
काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक तथा दुई कर्मचारीविरुद्ध थप छानविन गरि विशेष अदालतमा मुद्दा हाल्न लागिएको जनाएको छ। गएको दुई वर्ष यता उक्त विभागका अधिकारी यसरी अख्तियारको रंगेहात पक्राउ गरिने स्टिंग अपरेशन भनिने कारबाहीमा परेको यो पाँचौं पटक भएको आयोगका अधिकारीले बताएका छन्।
नेपालमा सबभन्दा धेरै गैरकानूनी आर्थिक लेनदेन र भ्रष्टाचार हुने सरकारी कार्यालयहरुमा मालपोत र नापी कार्यालयहरु पर्ने भए पनि अनुपातमा हेर्दा वैदेशिक रोजगार विभाग पनि निकै माथि रहेको आयोगका अधिकारीले बताएका छन्।
गोप्य कारबाही:
अख्तियारले केही समययता निकै प्रयोग गर्दै आएको स्टिंग अपरेशन भनिने गोप्य सूचनाका आधारमा रंगेहात पक्राउ गर्ने कारबाही अन्तर्गत मंगलबार विभागका दुई कर्मचारीलाई उसैले उपलब्ध गराएको दश लाख रुपियाँ घूस लिएपछि सो रकम सहित पक्राउ गरेको थियो। त्यसमा विभागका महानिर्देशक विश्वराज पाण्डे समेत सामेल रहेको देखिएको भन्दै उसले बुधबार बिहानै पाण्डेलाई पनि आफ्नो नियन्त्रणमा लियो।
अब तीनै जनामाथि विशेष अदालतमा मुद्दा हाल्ने गरि कारबाही थालिएको आयोगका सह प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताएका छन्।
कारबाहीमा परेको एउटा म्यानपावर कम्पनीले सजायपश्चात उसका ब्यांक खाता सहित अन्य काममा लागिरहेको रोक्का फुकाउन अदालतमा दिएको निवेदन बमोजिम अदालतले गरेको आदेशको पालनामा आलटाल गरि घूस मागेको आरोपमा उनीहरु पक्राउ परेको बीबीसी नेपाली सेवाले जनाएको छ ।
अनौठो त के छ भने यसरी स्टिंग अपरेशन गरेर उक्त विभागका कर्मचारी भ्रष्टाचार आरोपमा पक्राउ परेको गएको दुई वर्ष यता यो पाँचौं पटक हो। संख्याका हिसाबमा भ्रष्टाचारका कारबाहीमा सबभन्दा धेरै पर्ने मालपोत र नापीका कर्मचारी भए पनि अनुपात हेर्दा वैदेशिक रोजगार विभाग पनि निकै माथि रहेको रिजालले बताए। ‘जबकि यो विभाग भनेको एउटा निकाय हो र यसको कार्यालय भनेको काठमाडौंमा मात्र छ। यसकै विरुद्ध दुई वर्षमा पाँचौं पटक स्टिंग अपरेशन हुनु भनेको ठूलो संख्या हो। यसका देशभर इकाइ भएका भए त संख्यामा यो विकराल हुन्थ्यो,’ उनले भने।
सो विभाग यसरी भ्रष्टाचारका निम्ति किन बारम्बार अख्तियारको निशानामा परिरहेको होला त ? यसको कारण निकै गम्भीर रहेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल ठान्छन्। उनी भन्छन् यसको जड राजनीतिक रुपमै पैसाको लेनदेन वा सेटिंग गरि त्यहाँ नियुक्ति दिने परिपाटिमा छ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...












