राजनीतिक सेटिंगका आधारमा नियुक्ति दिँदा वैदेशिक रोजगार विभाग अख्तियारको निशानामा
काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक तथा दुई कर्मचारीविरुद्ध थप छानविन गरि विशेष अदालतमा मुद्दा हाल्न लागिएको जनाएको छ। गएको दुई वर्ष यता उक्त विभागका अधिकारी यसरी अख्तियारको रंगेहात पक्राउ गरिने स्टिंग अपरेशन भनिने कारबाहीमा परेको यो पाँचौं पटक भएको आयोगका अधिकारीले बताएका छन्।
नेपालमा सबभन्दा धेरै गैरकानूनी आर्थिक लेनदेन र भ्रष्टाचार हुने सरकारी कार्यालयहरुमा मालपोत र नापी कार्यालयहरु पर्ने भए पनि अनुपातमा हेर्दा वैदेशिक रोजगार विभाग पनि निकै माथि रहेको आयोगका अधिकारीले बताएका छन्।
गोप्य कारबाही:
अख्तियारले केही समययता निकै प्रयोग गर्दै आएको स्टिंग अपरेशन भनिने गोप्य सूचनाका आधारमा रंगेहात पक्राउ गर्ने कारबाही अन्तर्गत मंगलबार विभागका दुई कर्मचारीलाई उसैले उपलब्ध गराएको दश लाख रुपियाँ घूस लिएपछि सो रकम सहित पक्राउ गरेको थियो। त्यसमा विभागका महानिर्देशक विश्वराज पाण्डे समेत सामेल रहेको देखिएको भन्दै उसले बुधबार बिहानै पाण्डेलाई पनि आफ्नो नियन्त्रणमा लियो।
अब तीनै जनामाथि विशेष अदालतमा मुद्दा हाल्ने गरि कारबाही थालिएको आयोगका सह प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताएका छन्।
कारबाहीमा परेको एउटा म्यानपावर कम्पनीले सजायपश्चात उसका ब्यांक खाता सहित अन्य काममा लागिरहेको रोक्का फुकाउन अदालतमा दिएको निवेदन बमोजिम अदालतले गरेको आदेशको पालनामा आलटाल गरि घूस मागेको आरोपमा उनीहरु पक्राउ परेको बीबीसी नेपाली सेवाले जनाएको छ ।
अनौठो त के छ भने यसरी स्टिंग अपरेशन गरेर उक्त विभागका कर्मचारी भ्रष्टाचार आरोपमा पक्राउ परेको गएको दुई वर्ष यता यो पाँचौं पटक हो। संख्याका हिसाबमा भ्रष्टाचारका कारबाहीमा सबभन्दा धेरै पर्ने मालपोत र नापीका कर्मचारी भए पनि अनुपात हेर्दा वैदेशिक रोजगार विभाग पनि निकै माथि रहेको रिजालले बताए। ‘जबकि यो विभाग भनेको एउटा निकाय हो र यसको कार्यालय भनेको काठमाडौंमा मात्र छ। यसकै विरुद्ध दुई वर्षमा पाँचौं पटक स्टिंग अपरेशन हुनु भनेको ठूलो संख्या हो। यसका देशभर इकाइ भएका भए त संख्यामा यो विकराल हुन्थ्यो,’ उनले भने।
सो विभाग यसरी भ्रष्टाचारका निम्ति किन बारम्बार अख्तियारको निशानामा परिरहेको होला त ? यसको कारण निकै गम्भीर रहेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल ठान्छन्। उनी भन्छन् यसको जड राजनीतिक रुपमै पैसाको लेनदेन वा सेटिंग गरि त्यहाँ नियुक्ति दिने परिपाटिमा छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












