आखिर कसले गर्दैछ ? उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ७ नेता निशानामा
काठमाडौं, १ मंसिर । यतिबेला उम्मेदवार लक्षित गर्दै शृंखलाबद्ध बम आक्रमण भईरहेका छन् । मंसिर १० र २१ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमण भईरहेको हो । विशेषगरी माओवादी केन्द्रका नेता तथा उम्मेदवार बम आक्रमणको बढी शिकार भईरहेका छन् ।
माओवादीसँगसँगै नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार पनि यो आक्रमणबाट बच्न समेका छैनन् । तर यतिबेला सम्म भएका आक्रमणबाट मानवीय क्षति भने हुन पाएको छैन् । घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।
यद्यपि, प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको छ । उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको दाबी गर्दै आईरहेका छन् । उनी भन्छन्, ‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’
एक सातामा ७ नेता आक्रमणकारीको निशानामाः
२४ कात्तिकमा गृहमन्त्रीबाट विनाविभागीय बनेका तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो ।त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।
उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो । २८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो ।कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।
भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए । सुरक्षागार्डले राईको सुरक्षार्थ २१ राउण्ड गोली समेत चलायो । सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।
३० कात्तिकमा रोल्पाबाट कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार तथा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार तथा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । त्यस्तै आज (शुक्रबार) नेवाकोटमा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार डा. रामशरण महतमाथि प्रेशर कुकर बम आक्रमण भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा प्रेशर कुकर बम आक्रमण भएको हो । आक्रमणबाट कांग्रेसका चार जना गम्भीर घाइते भएका छन् ।
शृंखलाबद्ध विष्फोटका क्रममा ठूलो क्षति भने हुन पाएको छैन । घटनालाई प्रहरीले चुनाव भाँड्ने प्रयासको रुपमा विश्लेषणा गरेको छ । एक प्रहरी अधिकारी भन्छन्, ‘घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ ।’
विप्लव प्रहरीको निशानामाः
प्रहरीले चुनावविरोधी विप्लव समूहको गतिविधिलाई निगरानीमा राखेको छ । बम आक्रमणको क्रम भने रोकिएको छैन ।चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म एक सय ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











