मर्निङ वाकमा हिडेका प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा पुगेपछि…
चितवन, १ मंसिर । मर्निङ वाकमा हिडेका माओवादी केन्द्रका अध्यक्ष कांग्रेस पार्टी कार्यालय पुगेका छन् । सधैंको मर्निङ वाकमा निस्कने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार बिहान मर्निङ वाककै समयमा कांग्रेस पार्टी कार्यालयमा पुगेर चिया खाएका हुन् । भरतपुर– २१ को माइली चोकमा कांग्रेस पार्टी कार्यालयमा नेता(कार्यकर्ता व्यस्त थिए । उनीहरुले प्रचण्डलाई बोलाए र प्रचण्ड पनि के कम मर्निङ वाकमा निस्केका प्रचण्ड कांग्रेस कार्यालय पुगे ।
कांग्रेस कार्यकर्ताले प्रचण्डको भव्य स्वागत गरे । त्यसपछि चियागफ सुरु भयो । कांग्रेस कार्यकर्ताले भने, “तपाईं चितवनका लागि चाहिने नेता हो । धेरै नेतालाई जिताइयो । तर, चितवनको विकासका लागि कसैले केही गरेनन् । अन्तिम आशा हजुरकै छ । अब चितवनमा केही हुन्छ कि भन्ने आशा जागेको छ ।” अर्का कार्यकर्ताले थपे, “हामी हजुरकै अभियानमा हिड्थ्यौं, अलि ढिलो आउनुभयो । तैपनि हाम्रो ठाउँबाट हामी के गर्नुपर्छ ? गर्छौं । हजुरले चितवनमा जित्नैपर्छ ।”
सबैका कुरा सुनेपछि चियाको सुर्की लिँदै प्रचण्डले भने, “हिजो राजतन्त्र थियो । सामन्तीतन्त्र थियो । राजनीतिक लडाई मुख्य थियो । अब आन्दोलन गर्नु छैन । राजनीतिक लडाई गर्नु छैन । अबको लडाई समृद्धिको हो । विकासको हो । चितवनको विकास गर्ने संकल्प लिएर आएको छु । त्यसमा तपाईहरुको साथ चाहिन्छ ।”
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












