भट्टराई रोज्ने कि श्रेष्ठ ?
३२ जिल्लामा हुने पहिलो चरणको चुनाव मिति नजिकिंदै छ । चर्चा चौतर्फी छ । सामाजिक सञ्जाल, मिडिया, चिया पसल र चौतारीमासमेत चुनाव गतिविधी बढोत्तरी छ । ‘मेरो पार्टीले जित्छ, तेरो पार्टीले हार्छ’भन्दै तँ–तँ र म–म गरेको आजाव गज्जबले सुनिन्छ । तर, चुनाव हुने अन्य जिल्ला मध्ये सबैको ध्यान यतिखेर गोरखा क्षेत्र नम्बर–२ मै छ । गोरखामा २ निर्वाचन क्षेत्र छ । किनकी त्यहाँ दुई प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । केही वर्षअघि उनीहरूले एउटै पार्टीको नेतृत्व तहमा बसेर तोकिएको कार्यसम्पादन गरे । एउटै चुनाव चिन्ह हसिया–हथौडा बाट चुनाव जिते । र, मन्त्री– प्रधानमन्त्री बने । अहिले यी दुवै एकअर्काकका दुश्मन जस्ता भएका छन् । सिध्याउने खेलमा लागेका छन् । कुरो चुनाव जित्ने र हार्नेको छ । यी दुई नेता अहिले फरक–फरक चुनाव चिन्ह लिएर एउटै क्षेत्रमा चुनाव लड्द लाग्दा सबैको ध्यान खिच्नु पनि स्वभाविकै हो । डा.भट्टराई नयाँ शक्ति नेपाल पार्टीका संयोजक हुन् । उनले पार्टीको चुनाव चिन्ह ‘आँखा’ हो । उनलाई गोरखामा नेपाली काँग्रेस, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमले सघाउने छ । नारायकाजी श्रेष्ठ माओवादी केन्द्र– एमाले लगायत अन्य पार्टी मिसिएर बनेको ‘वाम गठबन्धन’ बाट चुनाव लड्दै छन् । राजनीतिक पृष्ठभूमि फरक–फरक भए पनि दुवै नेता गोरखा क्षेत्र नम्बर–२ मै जन्मिएका हुन् । नढाँटी भन्नुपर्छ– गोरखामा नारायकाजीभन्दा डा.भट्टराई ज्यादा लोकप्रिय छन् । भ्याएसम्म डा.भट्टराई महिनामा एकपटक जिल्ला जान्छन् । जनतासँग प्रत्यक्ष भलाकुसारी गर्छन् । विकास र समृद्धिका कुरा गर्छन् । सल्लाह सुझाव माग्छन् । अब के गर्नुपर्छ भन्न आग्रह गर्छन् । भ्याए आफैं अग्रसर हुन्छन् । नभ्याए चाँजोपाँजो मिलाइदिन्छन् । उनलाई देशको चिन्ता छ । झन आफू जन्मे–हुर्केको ठाउँको चिन्ता हुनु त स्वभाविकै हो । देश कसरी समृद्ध बनाउने भन्ने चिन्ता छ । उनी अर्थमन्त्री र प्रधानमन्त्री भएको बेलामा देखिने गरी मुलुकको विकास गरेकै हुन् । बाटो देखाइदिएका थिए । तर, तत्कालीन राजनीतिक परिवेश नै त्यस्तै थियो । काम गर्न पाएनन् । तर जिल्लामा भने उलेख्य विकास गरेको गोरखावासी नै बताउँछन् । यसै आधारमा अहिले डा.भट्टराईले गोरखावासीसित भोट माग्दै हिंडेको देखिन्छ । पहिलो र दोस्रो संविधानसभा चुनावमा गोरखा दुवै क्षेत्रबाट चुनाव जिते । त्यो पनि भारी मतले । यसको सही सदुपयोग पनि गरे भनौं । किनकी संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । २०४६ सालदेखि ‘संविधानसभाबाटै संविधान निर्माण हुनुपर्छ’ भनेर विद्रोह गरेर हिंडेको मान्छे संविधानसभाभित्रको एक महत्वपूर्ण अंग संवैधानिक संवाद समितिको सभापतिमा रहेर काम गर्न पाउनु डा.भट्टराईको लागि खुसीको कुरो नै भयो । हो, उनले गल्ती पनि गरेका छन् । सांसद् छँदाछँदै निस्केर हिंडे । राजीनामा दिए । जनमतको अपमान गरे । तीन दशकभन्दा लामो समय विताएका माओवादीबाट छुट्टिए । कहिले कम्युनिष्ट हुँ भने । कहिले होइन भने । आफैंले हस्ताक्षर गरेको संविधान अपुरो छ भने । कहिले काँग्रेससँग मिले । कहिले कम्युनिष्ट गठबन्धनसित । यस प्रकारको प्रवृत्तिले उनलाई अस्थिरताको बिल्ला भिरायो । अवसरवादी भनियो । तर, पंक्तिकारलाई जहाँसम्म लाग्छ–चर्चित मान्छेको बढी नकारात्मकताको मात्रै खोजी गरिन्छ । डा.भट्टराईको मामिलामा भएको यही हो ।
मुलुकको हक र हितका निम्ति, जिल्लाको विकासको निम्ति कुन नेताले कस्तो भूमिका निर्वाह गरेका छन् त्यसको उचित मूल्याङ्कन गोरखावासीले गर्नैपर्छ । गोरखाको मात्रै नभई मुलुकको विकासलाई गति दिने भिजनकारी नेता गोरखावासीले नडराई, गम्भिर रूपमा सोचेर छान्नुपर्ने बेला आएको छ । डा.भट्टराईलाई सो जिम्मेवारी दिने की श्रेष्ठलाई दिने छिनोफानो पक्कै गर्नेछन् ।
त्यस्तै नरायणकाजी गोरखाकै भएर पनि उनको चर्चा जिल्लामा खासै हुन्न । उनी जिल्ला खासै जाँदैनन् । शहर ज्यादा बस्छन् । जिल्लाको विकास निर्माणको कार्यमा उनको अग्रसरता नदेखिएको जिल्लावासी नै वताउँछन् । तर, राजनीतिक रूपमा उनी सरल, शान्त स्वभावका रूपमा परिचित छन् । पार्टीको निर्णय तहमा छन् । उनले भनेको प्रचण्डले मान्छन् होला । परराष्ट्रमन्त्री हुँदा उनले कुटनीतिमा पु¥याएको योगदान सबैले सम्झन्छन् । भुल्न पनि हुन्न । नारायकाजीलाई गोरखा–२ बाट उठाउन हुन्थेन । गोरखामा यतिखेर काँग्रेस बलियो स्थितिमा छ । स्थानीय तहको निर्वाचन मतपरिणामले त्यही देखाउँछ । ९ गाउँपालिका र २ नगरपालिका रहेको गोरखामा स्थानीय निर्वाचनमा काँग्रेसले २ नगरपालिकासहित ७ गाउँपालिका जित्यो । माओवादी केन्द्रले २ गाउँपालिका मात्रै । गोरखामा काँग्रेसको जनमत भएको प्रमाण हो यो । यसको आधारमा भन्न सकिन्छ गोरखामा अहिले माओवादीको खासै राम्रो जनमत छैन । एमाले र अन्य दलको उपस्थिति त झन शुन्य प्रायः नै छ । जसकारण डा. भट्टराईले नै चुुनाव जित्ने संकेत छ । प्रचण्डले बाबुरामलाई हराउन काजीलाई उम्मेदवार बनाएको र काजी बलीको बोको भएको माओवादी केन्द्र वृत्तमै चर्चा हुने गर्छ । दुवै सांसद हुनुपथ्र्यो । दुवै देशको निर्णयक तहमा बसेर मुलुकको सेवा गरेको हुर्न गोरखावासीको बढी चाहना थियो । तर चाहना अब पूरा हुने छैन् । मुलुकको हक र हितका निम्ति, जिल्लाको विकासको निम्ति कुन नेताले कस्तो भूमिका निर्वाह गरेका छन् त्यसको उचित मूल्याङ्कन गोरखावासीले गर्नैपर्छ । गोरखाको मात्रै नभई मुलुकको विकासलाई गति दिने भिजनकारी नेता गोरखावासीले नडराई, गम्भिर रूपमा सोचेर छान्नुपर्ने बेला आएको छ । डा.भट्टराईलाई सो जिम्मेवारी दिने की श्रेष्ठलाई दिने छिनोफानो पक्कै गर्नेछन् ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...













