कांग्रेस बैंठकमा गोप्य रिपोर्टः प्रत्यक्षमा ७० र समानुपातिकमा ४५ सिट जित्ने दाबी
काठमाडौं, २ मंसिर । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कति सिट जित्ने भन्नेबारे नेपाली कांग्रेसले प्रारम्भिक अनुमान गरिसकेको छ । कांग्रेस शीर्ष नेताहरुको गोप्य बैठकमा कति सिट जित्नेबारे अहिले नै प्रारम्भिक अनुमान गरिएको खुलासा भएको छ ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हालै बसेको गोप्य बैठकमा शीष नेताहरुले देशभरि प्रत्यक्षतर्फ कम्तिमा ७० सिट जित्ने दाबी गरेका छन् । त्यस्तै समानुपातिकतर्फ ४५ सिट जित्नेसमेत उनीहरुको अनुमान छ । मुलुकमा अहिले लोकतान्त्रिक र वाम गठबन्धनवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।
एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले दुई तिहाई ल्याउने दाबी गरिरहेको बेला कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले पनि वाम गठबन्धनलाई ठूलै काउन्टर दिने ठोकुवा गरेको छ। राजपा नेपाल, राप्रपा, संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरेको कांग्रेस पछिल्लो समय चुनाव जित्नेमा ढुक्क रहेको छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












