प्रचण्ड र छोरा प्रकाशबिच फोनमा अन्तिम पटक यस्तो कुरा भएको थियो
काठमाडौं, ३ मंसिर । यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधनको खबरले सबैलाई स्तब्द बनाएको छ । यतिबेला सामाजिक सञ्जाल प्रकाशको श्रद्धाञ्जलीले भरिएका छन् । प्रकाश दाहालको हृदयाघातका कारण निधन भन्ने खबर बाहिरिएपछि आइतबार बिहानैदेखि देशदेखि विदेशमा बस्ने नेपाली आश्चर्य र दुखित भए ।
धेरैले यो समाचार असत्य रहेको अनुमान गरे । तर, प्रकृतिको नियम नै यस्तै थियो । विगत तीनदेखि प्रकाश रुघा र ज्वरोले ग्रस्त थिए । उनी बाबु प्रचण्डसँग चुनावी प्रचारमा निस्कन सकेका थिएनन् । घरमा आमा सीता दाहाल मात्रै थिइन् । दिदी रेणु र गंगा आ–आफ्नै काममा थिए । रेणु बाबुको चुनावी प्रचारमा चितवनमै थिइन् । कान्छी श्रीमती विना मगर कञ्चनपुरमा आफ्नै चुनाव प्रचार प्रसारमा थिइन् ।
बाबु प्रचण्ड देशव्यापी रूपमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीसँगसँगै थिए । प्रकाश भने घरमै औषधि लिएर आरामै गर्दै थिए । शनिबार राति पनि प्रकाशले झापामा रहेका बाबु प्रचण्डसँग १० मिनेट टेलिफोनमा कुराकानी गरे । धेरै च्यापेको भए अस्पताल जान प्रचण्डले सुझाए । प्रकाशले पनि आफू आइतबार बिहान अस्पताल जाने बताए । तर, आइतबार बिहानै प्रचण्डको मोबाइलमा घन्टी बज्यो । प्रकाश अचेत भएको भन्ने । यो खबर सुन्नेवित्तिकै प्रचण्ड निःशब्द भए ।
सदाझैं बिहानै छोरा प्रकाश किन ब्याडमिन्टन खेल्न किन निस्किएनन् भनेर हेर्न आमा सीता दाहाल जाँदा प्रकाशको पहिले नै निधन भइसकेको पारिवारिक स्रोतले जनाएको छ । यदि यो तथ्य सत्य हो भने परिवारको लापरवाहीकै कारण प्रकाश दाहालको निधन भएको प्रस्ट हुन्छ ।
पतिको निधन भएको खबर सुन्नेवित्तिकै जेठी श्रीमती सिर्जना त्रिपाठी छोरालाई लिएर अस्पताल पुगेकी छन् । छोरीपछि प्रचण्डलाई पुत्रशोक परेको छ । यसअघि जेठी छोरी ज्ञानु दाहालको क्यान्सर रोगका कारण निधन भएको थियो । प्रचण्डले चारमध्ये एक छोरा र छोरी गुमाइसकेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












