प्रचण्ड परिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर काठमाडौं केन्द्रित हुन थालेका छन् । प्रकाशको पार्थिब शरिर राखिएको नर्भिक अस्पतालमा राजनीतिक दलका शीष नेताहरुदेखि भेला हुन थालेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । अहिले भखरै प्रचण्ड नर्भिक हस्पिटल पुग्नुभएको छ । प्रचण्डसँगै उनका छोरी तथा भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि नर्भिक हस्पिटल पुगेकी छन् । प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।
प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ । प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।

प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली पनि काठमाडौं आएका छन् । प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौं आएका छन् । शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए ।
कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।
माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् । नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुगेका छन् । अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












