अस्पताल ल्याउनुभन्दा तीन घन्टा अघि ‘आकस्मिक हृदयघात’ कारण प्रकाशको निधन
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको अस्पत्तालले जनाएको छ । आईतबार बिहान पाँच बजेतिर नर्भिक अस्पताल लगिएका प्रकाशको पहिल्यै नै निधन भईसकेको जनाएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।
चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जाँच गरिएको थियो । अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।
चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।
घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका थिए । लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्याएका थिए ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












