प्रकाशको निधनमा एमालेका चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित
काठमाडौं, ३ मंसिर । नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाश दाहालको निधनमा एमालेले आज देशभरका कार्यक्रम एकघण्टा स्थगित गरेको छ । प्रकाशको निधनप्रति गहिरो समवेदना अर्पण गर्दै एमालेले आज दिउँसो २ देखि ३ बजेसम्मका चुनावी कार्यक्रम स्थगित गरेको हो ।
प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए । घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, नेता कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेको एमाले केन्द्रीय सचिवालय सदस्य विष्णु रिमालले जानकारी दिए ।
कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा एमालेले आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको रिमालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












