बिभिन्न गतिविधिमा साथ दिँदै आएका छोराको शव प्रचण्डले हेरेपछि…
काठमाडौं, ३ मंसिर । छोरा प्रकाश दाहालको निधनको खबरपछि नर्भिक अस्पताल पुगेका पुष्पकमल दाहाल प्रचण्ड प्रकाशको शब हेरेपछि मर्माहत भएका छन । नर्भिक अस्पतालमा आफ्नो पुत्र प्रकाशको शव देखेपछि भक्कानिएका दाहालले आँशु थाम्न सकेनन् र मर्माहत बनेर निकै बेर रोइरहे ।
मर्माहत भएका अध्यक्ष प्रचण्डले आफुलाई सम्हाल्न नसक्ने भएपछि उनलाई नर्भिक असपतालको सीईओ कक्षमा राखिएको थियो । अध्यक्ष दाहाल पत्नी सिता दाहाल, छोरी रेणु दाहाल र परिवारका अन्य सदस्य सहित छोरा प्रकाशको निधनबारे थप जानकारी लिन नर्भिक अस्पताल पुगेका हुन।
छोरा प्रकाशको निधनको खबर पश्चात प्रचण्डले झापाबाट फर्केर लाजिम्पाट स्थित आफ्नो निवासमा परिवारजन, नर्भिक अस्पतालका चिकित्सक र सुरक्षा निकाय प्रमुखसंग छलफलपछि अस्पताल पुगेका थिए ।
पत्नि सीता र परिवारका अन्य सदस्यहरु सहित नर्भिक अस्पताल पुगेका प्रचण्डले छोरा प्रकाशको शव हेरेपछि भक्कानिदै नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहको कार्यकक्षमा पुगेर निकै समय भावविव्हल बनेका थिए । चार बर्ष अघि छोरी गंगालाई गुमाएका प्रचण्डले छोरा प्रकाशलाई निर्वाचनको दौडादौडको विचमा सदाको लागि गुमाउनु परेको छ । आफ्नो राजनीतिक सहयोगी पनि रहेका छोरा प्रकाशले लामो समयदेखि पिताको राजनीति र बिभिन्न गतिविधिमा साथ दिदै आएका थिए ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












