चार वर्षअघि क्यान्सरले छोरी गुमाएका प्रचण्ड दम्पतिमाथि दैवको अर्को वर्जपात
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार वर्षको अवधिमा दुई सन्तान गुमाईसकेका छन् । अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीताले ४ वर्ष नपुग्दै दुई सन्तान गुमाएका हुन् ।
दाहालका एक मात्र छोरा प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएको छ। ३८ वर्षीय दाहाललाई शनिबार राति लाजिम्पाटस्थित निवासमा हृदयघात भएको थियो।
उपचारका लागि नर्भिक अस्पताल ल्याइएका दाहाललाई बिहान मृत घोषणा गरिएको थियो। अस्पतालले प्रकाशलाई आकस्मिक हृदयघात भएको जनाएको छ। छोराको मृत्युको खबर सुन्दा माओवादी अध्यक्ष दाहाल वाम गठबन्धनको चुनावी प्रचारमा झापा पुगेका थिए।
चार वर्षअघि दाहाल दम्पत्तिले जेठी छोरी ज्ञानु केसीलाई गुमाएका थिए। स्तन क्यान्सरपीडित ४० वर्षीया केसीको २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












