प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नबनाएपछि राजनीतिक दललाई सर्वोच्चको बोलावट
काठमाडौं, ४ मंसिर । सर्वोच्च अदालतले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार किन नबनाइएको भन्दै सरकार, निर्वाचन आयोग र राजनीतिक दललाई समेत छलफलका लागि बोलाएको छ। पूर्वसांसद् कमला थापाको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सबै पक्षलाई छलफलका लागि बोलाएको हो।
सर्वोच्चले मंसिर १३ गते छलफलका लागि बोलाएको हो। अदालतले मंसिर १३ गते छलफलका लागि बोलाए पनि पहिलो चरणमा मंसिर १० गते नै निर्वाचन हुँदैछ। दलहरुले संवैधानिक प्रावधान अनुसार प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार नबनाएको भन्दै थापाले मंसिर १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
रिटमा संविधानको धारा ८४ को व्यवस्थाअनुसार संघीय संसद्मा कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाको दलहरुले बेवास्ता गरेको जिकिर गरिएको छ। संवैधानिक प्रावधान अनुसार भने प्रत्यक्षतर्फबाट एक तिहाइ प्रतिनिधित्व सुनिश्चित नभए संविधानको धारा ८६ को उपधारा १ (ख) बमोजिम समानुपातिक निर्वाचनबाट प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने प्रावधान छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











