प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य
पाल्पा, ४ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ । गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले नेतृत्व गर्ने चाहना गरे पनि ठूला दलले नै उम्मेदवारीका लागि टिकट नदिएको महिलाको गुनासो छ । नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडी परेको उनीहरुको गुनासो छ पुरुषले महिलालाई अगाडि बढ्न नदिने र नेतृत्व आफ्नै हातमा लिने प्रवृत्तिले गर्दा अझैपनि महिलाले अवसर पाउन नसकिरहेको क्षेत्र नं १ पाल्पाकी नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकालले बताउनुभयो । निर्वाचनमा नेतृत्व गर्नका लागि योग्य र सक्षम हुँदाहुदै पनि विभिन्न बहाना बनाएर महिलाको उम्मेदवारीलाई खारेज गरी टिकट लिने गरेका उहाँले आरोप लगाउनुभयो ।
प्रदेशसभा सदस्यका लागि साना दलकातर्फबाट क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका उम्मेदवार उषा परियार र ‘ख’बाट संघीय समाजवादी फोरमकै मनिसरा आले उम्मेदवार हुनुुहन्छ । क्षेत्र नं २ को प्रदेश बाट नेपाल मजदुर किसान पार्टीका कमला विक र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट सावित्री कुमारी राना चुनावी मैदानमा हुनहुन्छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेश सभामध्ये क्षेत्र नं १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ जना र प्रदेशसभा तर्फ ७ र प्रदेश ख तर्फ सातजना, क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १० र प्रदेशसभा तर्फ १२ तथा प्रदेश ख तर्फ ६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
जिल्लामा काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । जिल्लामा एक लाख ८१ हजार २४६ मतदाता रहेका छन् । महिला मतदाता ९४ हजार ८२९ महिला, पुरुष मतदाता ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












