काठमाडौंलाई स्मार्ट सिटी बनाउने महानगरको तीनमहिना सम्म ढल फुटेकोमा ध्यान गएन

काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ ।
खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो । स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको सो स्थान अव्यवस्थित बन्न पुगेको थियो ।
विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगर लगायत सम्बद्ध कुनै सरोकार निकायको चासो जान सकेको छैन ।
सडक र पैदलमार्ग माथिबाट ढलको कालो न कालो लेदो बग्दा सो माथि टेक्दै हिँड्नुपरेको भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गर्नुभयो । बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ ।
त्यसैगरी वीर अस्पतालको आवासीय भवनअघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आउनुभएका रञ्जित तामाङले बताउनुभयो । “मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ । ” उहाँले भन्नुभयो ।
महानगरपालिकाले चार दिनअघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरे पनि काम सुरु नभएको स्थानीयवासी वतउँदछन् । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ १० दिनभित्र ढल व्यवस्थित गरिने जानकारी दिनुभयो ।
“पाँच दिनअघि रत्नपार्क क्षेत्रलाई धुलो मुक्त गर्न के गर्नुपर्छ भनी स्थलगतरुपमा अध्ययन गर्न जाने क्रममा मैले बसपार्कअघि ढल बगेको देखेँ, भोलिपल्ट नै महानगर निर्माण विभागलाई लगत अनुमान तयार गरी ढल बन्द गर्न निर्देशन दिइएको छ । ” उहाँले भन्नुभयो । सो क्षेत्रमा ढल फुटेर आएको समस्याका बारेमा कुनै निकायबाट सूचना नआएको स्पष्ट पार्दै उपप्रमुख श्रेष्ठले ढलको समस्या छिटोभन्दा छिटो समाधान गरिने जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











