प्रकाशको निधनपछि फेसबुकले उनको एकाउन्ट आफैं परिवर्तन गरिदियो
काठमाडौं, ४ मंसिर । फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफै परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।
साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै ‘memorialized accounts’ को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।
प्रकाशको मृत्युको खबर कसरी पायो फेसबुकले ?
विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुस्ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई ‘memorialized accounts’ को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ ।
आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।
माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत ‘memorialized account’ को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ । प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफैं ‘memorialized accounts ‘ बनाउँछ ।
मरेपछि फेसबुक एकाउन्ट के हुन्छ ?

फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदि त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ । त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहानुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ ।
मरेपछि पनि तपाइँको फेसबुक चलिरहन्छः
यदि तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहानुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ । त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।
मरेपछि तपाइको फेसबुक अफसेट डिलिट गर्न पनि सकिन्छः
यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहानुहुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले ःManage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












