प्रकाशको निधनपछि फेसबुकले उनको एकाउन्ट आफैं परिवर्तन गरिदियो
काठमाडौं, ४ मंसिर । फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफै परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।
साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै ‘memorialized accounts’ को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।
प्रकाशको मृत्युको खबर कसरी पायो फेसबुकले ?
विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुस्ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई ‘memorialized accounts’ को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ ।
आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।
माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत ‘memorialized account’ को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ । प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफैं ‘memorialized accounts ‘ बनाउँछ ।
मरेपछि फेसबुक एकाउन्ट के हुन्छ ?

फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदि त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ । त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहानुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ ।
मरेपछि पनि तपाइँको फेसबुक चलिरहन्छः
यदि तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहानुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ । त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।
मरेपछि तपाइको फेसबुक अफसेट डिलिट गर्न पनि सकिन्छः
यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहानुहुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले ःManage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











