पाल्पामा निःशुल्क स्वास्थ्य शिविर, गाउँबाटै स्वास्थ्य सेवा पाएपछि हर्षित
पाल्पा, ४ मंसिर । रामपुर नगरपालिका–२ भलायटारमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमार्फत २०५ बिरामीले सेवा लिएका छन् । स्थानीयवासीलाई प्रदान गर्ने उद्देश्यले सञ्चालन भएको उक्त शिविरबाट रामपुर–२ भलायटार र त्यस आसपासका बिरामीले सेवा लिएका थिए ।
रामपुर नगरपालिकाको आयोजना, नेपाल जेसुइट संस्थाको सहआयोजना र रामपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो शिविरमा रामपुर अस्पतालका डा दिनेश झा, सवीना अधिकारी, चन्द्र विश्वकर्माले सेवा प्रदान गर्नुभएको थियो । बिरामीलाई नेपाल जेसुइटले निःशुल्क औषधि वितरण गरेको थियो ।
शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई स्वस्थ्य राख्न सकेमात्र राष्ट्रको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुविधामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत यमेन्द्र उपाध्यायले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्य शाखासँग सहकार्य गरी प्रभावकारी ढंगबाट अघि बढाउने बताउनुभयो । कार्यक्रममा नेपाल जेसुइट पाल्पाका प्रमुख सिस्टर मेरीले शिविर सञ्चालनका बारेमा जानकारी गराउनुभएको थियो । रासस
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












