गाउँमा खानेपानी ल्याउन वडाध्यक्षले ४० लाख बराबरको आफ्नै जग्गा धरौटी राखे
पोखरा, ४ मंसिर । गाउँमा खानेपानी ल्याउन वडाअध्यक्षले आफ्नो जनिम धरौटीमा राखेका छन् । पोखरा महानगरापलिकाको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले खानेपानी योजनाको लागि धरौटी बाफतको ४० लाख अपुग भएपछि जग्गा धरौटी राखेका हुन् ।
भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताका तर्फबाट धरौटी राख्न तत्काललाई नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्ष आचार्यले हालेका हुन् । उक्त रकम हाल्न वडाध्यक्ष आचार्यले महानगरपालिका ३१ बेगनासताल नजिकैको १० आना घडेरी बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेका हुन्।
गाउँका लागि निजी जमिन धितो राखेर उनले पैसा निकालेको यो पहिलोपटक होइन। यसअघि पनि गाउँकै अर्को खानेपानी आयोजनाको अध्यक्ष रहिसकेका उनले भने, ‘पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म साढे ४ किलोमिटर बाटो लैजाँदा पनि घर धितो राखेर डोजर लगेको थिएँ।’
खानेपानीका लागि सरकारले ल्याएको सहलगानीको अवधारणामा पोखरा २१ र ३३ का ती गाउँमा खानेपानी आयोजना सुरु हुँदैछ। २ हजार ७९ घरमा एकरएक धारा पुर्याउने गरी सुरु हुन लागेको आयोजनाका लागि उपभोक्ताले खानेपानी तथा ढल निकास विभाग मातहतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयसँग सम्झौता गर्नुपर्ने थियो।
३० करोड रुपैयाँको आयोजना सम्झौताका लागि उपभोक्ताका तर्फबाट १ करोड ५० लाख जुटाउनुपर्नेमा नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्षले आफ्नै जग्गा धितो राखेर निकालेको आयोजनाका अध्यक्ष दाताराम शर्माले जानकारी दिए।
नपुग पैसा त्यसरी जुटाइएपछि उनै वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र खानेपानी तथा ढल निकास विभागअन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका नन्दलाल बन्जाडेले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरे।
सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन गर्नुपर्ने भएको हुँदा प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले उठाइएको आयोजनाका अध्यक्ष शर्माले बताए।
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












