प्रकाशका छोरा प्रसिद्ध र प्रणबको मिलनले शोक-सन्तप्त प्रचण्ड निवासमा ‘खुसी’
काठमाडौं, ५ मंसिर । एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल यतिबेला गहिरो शोकमा छन्। परिवारको एक महत्वपूर्ण सदस्य सम्झनासाथ प्रचण्ड, सीतालगायत प्रचण्ड परिवारका अन्य सदस्यहरु भक्कानिन्छन्।
प्रकाशको निधनका कारण प्रचण्ड परिवारमा अथाह शोक छ। तर यो शोकलाई बिस्तारै भुलाउने माध्यम बनेको छ, प्रकाशका दुई छोराहरु प्रसिद्ध र प्रणब दाहालबीचको गहिरो मिलन। यसमध्ये जेठा प्रसिद्ध जेठी बुहारी सिर्जनातर्फका छोरा हुन् भने कान्छा प्रणब कान्छी बुहारी बीनातर्फका।
हुन त, प्रसिद्ध र प्रणब दुवै प्रचण्डको लाजिम्पाटस्थित निवासमा हुर्किएका हुन्। तर, उनीहरुबीच भेटघाट हुने अवसर भने यसअघि जुरेको थिएन। जतिबेला प्रसिद्ध हुर्कंदै थिए, प्रकाश बीनासँगको प्रेम सम्बन्धमा परे। त्यसपछि सिर्जनाले लाजिम्पाट निवास छाडिन्। र, कास्कीस्थित माइती निवासमा गएर बसिन्।
प्रसिद्धसहित सिर्जनाले लाजिम्पाट निवास छाडेको केही समयपछि प्रकाश–बीना औपचारिक रुपमा नै प्रणय सम्बन्धमा गाँसिए। र, बीनातर्फबाट प्रकाशका दोस्रो सुपुत्रका रुपमा प्रसिद्ध जन्मिए। तर, सिर्जनाले लाजिम्पाट छाडेका कारण प्रसिद्ध–प्रणबबीच भेटघाट हुन पाएन।
केटाकेटीसँग खेल्न–घुलमिल हुन असाध्यै रुचाउने नेता हुन् प्रचण्ड। आफ्नै काखका हुर्केको नाति आमाका साथ घर छाडेर हिँडेपछि प्रचण्डपनि बेलाबेला बिरक्तिन्थे र नाति भेट्न पोखरा पुग्थे। आफू बसेको होटलमा नातिलाई बोलाउँथे र समय बिताउँथे।

सिर्जनाले लाजिम्पाट निवास छाडेर कास्की गएपछिका ४–५ वर्ष यसैगरी बिते। यसबीचमा बीनातर्फबाट नाति प्रणब जन्मिए। प्रणबप्रति त झन् प्रचण्डको मायाँ नहुने कुरै भएन। तर, उनले प्रसिद्धलाई पनि बिर्सिएनन्। त्यसैले पछिल्लोपटक ३० कार्तिकमा पोखरा जाँदापनि प्रचण्डले नाति प्रसिद्ध सहित बुहारी सिर्जनालाई भेटे। नातिलाई काखमा लिए, म्वाइँ खाए र ‘राम्रोसँग पढेर ज्ञानी मान्छे बन्नुपर्छ है’ भन्ने आशिक दिएर काठमाडौं फर्किए।
उत्तिकै मायाँ भएपनि यी दुई नाति–बालकलाई सँगै भेटघाट गराउने स्थिति थिएन। किनभने, लाजिम्पाट निवासमा बीनाको प्रवेशका कारण सिर्जना आउने स्थिति थिएन। आमा सिर्जना नै नआउने भएपछि ७ वर्षीय प्रसिद्धपनि कसरी आइपुगुन् लाजिम्पाट ? र, भेटुन् भाई प्रसिद्धलाई ?
प्रणब त तीन बर्षमा दौडँदै छन्। यी अबोध बालकलाई घर–परिवार बाहेक बाहिरी संसारबारे केही थाहा हुने कुरै भएन। न त प्रसिद्धलाई थाहा छ, ममी सिर्जना बाहेक ‘सानु ममी बीना र उनीतर्फबाट एकजना भाई छन्’ भन्ने कुरा नै। त्यसैले, प्रसिद्धलेपनि प्रणबसँग भेटको चाहना राख्ने कुरै भएन।
यसरी कहिल्यै भेट नभएका यी दुई अवोध बालकहरु आइतबार बेलुकी लाजिम्पाटस्थित प्रचण्ड निवासमा भेट भए। जब प्रकाश गम्भीर विमार भएर अस्पताल लगिएको सिर्जनाले सुनिन्, विहानै नर्भिक अस्पताल पुगेकी सिर्जना प्रकाशको पार्थिव शरीर देख्नासाथ ढलिन्, बेहोस बनिन्।
उता कञ्चनपुर–१ मा उम्मेदवार रहेकी बीनापनि प्रकाश विमार भएको सुनेपछि हान्निदै काठमाडौं आइपुगिन्। जब, अस्पतालमा राखिएका प्रकाश अब जीवित छैनन् भन्ने थाहा पाइन्, उनीपनि बेहोस् बनिन्। त्यसरी नै बीनापनि बेहोस बनेर ढलिन्, जसरी तीन घण्टाअघि त्यहीँ सिर्जना ढलेकी थिइन्।
अस्पतालमा सिर्जना र बीनालाई फरक फरक कक्षमा उपचारका लागि राखियो। केही समयपछि सिर्जना र बीना दुवैजना होसमा आए। फरक फरक कक्षमा राखिएका सिर्जना र बीना दुबैले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा र पशुपति आर्यघाट जान खोजे। तर, सिर्जनामात्र आर्यघाट पुग्न सकिन्। सिर्जनासँगै प्रसिद्धपनि आर्यघाट गए। र, पिताको जलिरहेको शब माओवादी केन्द्रका नेता डिलाराम शर्माको काखका बसेर हेर्दै टोलाइरहे। उता, अलिक बिसेक भएपछि बीनालाई लाजिम्पाट लगियो। उनीसँगै प्रणबपनि लाजिम्पाट गए।

आर्यघाटमा प्रकाशको अन्तिम विदाई सम्पन्न भएपछि सिर्जनापनि लाजिम्पाट नै गइन्। आमासँगै प्रसिद्धले पनि ४ वर्षपछि लाजिम्पाट निवास टेके, जहाँ उनी हुर्किएका थिए। यसरी दिउँसै लाजिम्पाट पुगेका प्रकाशका कान्छा सुपुत्र प्रणब र जेठा सुपुत्र प्रसिद्धबीच आइतबार बेलुकी पहिलो पटक भेट भयो।
परिवारका सबै सदस्य शोकमा छन्। न सात बर्षीय प्रसिद्ध के भएको हो, बुझ्ने अवस्थामा छन्, न त तीन वर्षीय कान्छा प्रणब नै। शोकमा रहेकाले दुबैका ममीहरु पनि उनीहरुसँग धेरै कुराकानी गर्ने अवस्थामा छैनन्। हजुरबुबा प्रचण्डपनि समवेदनका लागि आउने शुभेच्छुकहरुसँगको कुराकानी र अर्धाङ्गिनी सीतालाई सम्झाउँदैमा व्यस्त छन्।
त्यसैले, शोकाकूल लाजिम्पाट निवासमा तोतेबोलीका यी दुई अवोध बालकहरुको समय बिताउने माध्यम उनीहरु नै बनेका छन्। अर्थात्, प्रसिद्धका लागि प्रणब र प्रणबका लागि प्रसिद्ध। प्रकाशका मामा हिमराज पौडेलका भनाईमा, प्रसिद्ध र प्रणब यति मिलेका छन् कि, सिंगो प्रचण्ड निवास शोकमा भएपनि उनीहरुबीचको मिलनले त्यो परिवारलाई केही राहत दिएको छ।
प्रकाशका तोतेबोलीका दुई छोराहरु सँगै खेल्न थालेपनि सिर्जना र बीनाबीच भने भेटघाट र बोलचाल भएको छैन। शोकमा रहेका दुवैजनालाई लाजिम्पाट निवासमा फरक–फरक कोठामा बस्ने व्यवस्था मिलाइएको छ। आमाहरु पर्खालले छुट्ट्याइएका फरक फरक कोठामा रहेपनि त्यो पर्खालले छोराहरूबीचको मित्रतालाई छुट्ट्याउन सकेको छैन।
भनिन्छ, बाबु–आमाका लागि सन्तान यति प्यारा हुन्छन् कि, आफ्नो सन्तानले कसैसँग मित्रता गाँस्यो भने उनीहरुका बाबुआमा मित्रताको डोरीमा बाँधिन पुग्छन्, शत्रुता भयो भने उनीहरुपनि शत्रुता साँध्न पुग्छन्। भेटघाटको दुई दिनमै सुमधुर सम्बन्ध विकसित गरेका प्रसिद्ध र प्रणबले छिट्टै ममीहरु– सिर्जना र बीनाबीचको सम्बन्ध पनि सुमधुर बनाउन सकुन् ! (नेपालखबरको सहयोगमा)
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











