चुनावको मुखैमा एमालेलाई ठूलो झट्काः ११०० एमाले नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
बारा, ५ मंसिर । नेकपा एमालेका १ हजार भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर ६ का पुर्व सांसद पुरुषोत्तम पौडेलका स्वकिय सचिव प्रवेज आलम अंसारीसहित एक हजार १ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशी अंसारी राष्ट्रिय युवा परिषद सदस्य, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य, नेपाल मुस्लिम ईतेहाद संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहेका हुन् ।
अंसारी सहित एक हजार भन्दा बढीको हुल नै कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झड्का लागेको छ । पुर्व प्रधानमन्त्री एवम एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका नजिक रहेका अंसारी कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झटका लागेको हो ।
अंसारीलाई श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले प्रवेश गराएका हुन । अंसारी सहित नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल पार्टी परित्याग गरी एक हजार एक सय जना बढीलाई मन्त्री मंसुरले कांग्रेसमा प्रवेश गराएका छन ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












