बीना मगर भन्छिन्, मेरो कमजोरीले गर्दा पति प्रकाश बित्नुभयो’
काठमाडौं, ७ मंसिर । प्रकाश दाहालको निधनबारे कान्छी श्रीमती बिना मगरले मुख खोलेकी छन् । बीनाले हृदयघातका कारण अल्पायुमै निधन भएका पति प्रकाशको निधन हुनुमा आफ्नो कमजोरी रहेको बताएकी छन् ।
कञ्चनपुरबाट प्रतिनिधिसभा निर्वाचन लडिरहेकी बीनाले आफ्नो कमजोरीका कारण प्रकाशको निधन भएको बताएकी हुन् । आफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको मृत्यु नहुने थियो भन्दै बेलाबेलामा मुर्छा पर्ने गरेकी माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरल भाटले जानकारी दिए ।
संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बाट उम्मेदवार रहेकी बीना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र थिए ।
समवेदना प्रकट गर्न आउने गरेकाहरुसँग बिनाले चुनावमा उम्मेदवार बनेका कारण प्रकाशलाई गुमाउनुपरेको भन्दै पछुतो मान्ने गरेकी छन् । उम्मेदवार नभएको भए प्रकाशलाई बिरामी भएका बेला स्याहार गर्न सक्ने र हृदयघात भएकाबेला समयमै अस्पताल लान सकिने भन्दै उनले पछुतो मानेकी भाटले बताए ।
प्रकाशको निधन भएको भोलिपल्ट समवेदना प्रकट गर्न गएका एमाले कञ्चनपुरका अध्यक्ष एवं प्रदेशसभा उम्मेदवार तारालामा तामाङ र एमाओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य भाटलगायतका नेतासँगको भेटमा बिनाले प्रकाशको निधन हुनुमा आफ्नो दोष रहेको बताएकी थिईन् । ‘म चुनाव नलडेको भए प्रकाशलाई अल्पायुमै गुमाउनुपर्ने थिएन’, बिनाको भनाइ उद्धृत गर्दै भाटले भने, ‘मलाई चुनाव उठेकामा जिन्दगीभर नबिर्सने गरी पछुतो भएको छ ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











