अर्काको नागरिकता प्रयोग गरि भर्ना भएका नक्कली म्यादी प्रहरी पक्राउ
अछाम, ७ मंसिर । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो ।
तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् ।
प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन्
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अछाममा कुनै पार्टीबाट एकजना पनि महिला उम्मेदवार छैनन् । जिल्लामा महिला मतदाताको संख्या पुरुषको हकमा बढी रहे पनि महिलाको उम्मेदवारी नपर्नु दुःखद भएको महिला नेत्रीले बताएका छन् । राजनीतिक दलहरुले महिलामाथि विश्वास नगरेकै कारण जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य रहेको उनीहरुको भनाइ छ । साँफेबगर नगरपालिकाका उपप्रमुख विरमला बुडथापाले राजनीतिमा जति ठूला कुरा गरे पनि पार्टीभित्र नै महिलालाई पछाडि पार्ने काम भइरहेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












