पुत्रशोकमा रहेका प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने
काठमाडौं, ८ मंसिर । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड आजदेखि आफ्नो निर्वाचन क्षेत्र चितवनमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए । प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।
शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक तिमिल्सेनाले जानकारी दिए । चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












