दाङमा २९ प्रतिशत बजेट विकासमा खर्च
दाङ, ९ मंसिर । यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९।८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि रु चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० को अख्तियारी आएको प्रमुख कोष नियन्त्रण शुकदेवप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
कात्तिक समान्तसम्म जिल्लामा रु एक अर्ब ४१ करोड ४५ लाख ३२ हजार १६० खर्च भएको छ । तर अघिल्लो वर्षका विकास निर्माणका कामले भने गति लिन सकेका छैनन् । पेश्की लिएर पनि काम नगर्ने प्रवृत्तिले फिल्डमा भने काम सन्तोषजनक देखिएको छैन । मध्यपहाडी लोकमार्गमा भएको प्रगतिले मात्रै विकास सूचक सन्तोषजनक देखिएको हो, तर जिल्लाका अन्य विकास निर्माणमा भने यो अवस्था देखिएको छैन ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बाँस्कोटाका अनुसार औसतमा हेर्दा चार महिनामा ३३ प्रतिशत हुनुपर्ने हो तर यो विकास बजेट खर्च सन्तोषजनक नै हो । पहिलो चौमासिकमा विकाससम्बन्धी ठेक्का प्रक्रियामा जाने भएकाले काम कम हुने गर्छ । ठेक्का प्रक्रियामा समय लाग्ने भएकाले पनि विकासका काम शुरु नहुने उहाँको भनाइ छ । दोस्रो चौमासिकबाट विकासका काम बढी हुने गर्छन् । जिल्लामा कात्तिक मसान्तसम्म सबैभन्दा बढी विकास बजेट मध्यपहाडी लोकमार्गमा खर्च हुन पुगेको छ । लोकमार्गमा कात्तिक मसान्तसम्म रु एक अर्ब तीन करोडभन्दा बढी खर्च गरेको छ ।
कार्यालयका अनुसार साउन महिनामा रु पाँच करोड नौ लाख ८० हजार २०० विकास बजेट खर्च भएको छ । भदौ महिनामा रु १८ करोड ५४ लाख ९२ हजार नौ, असोज महिनामा रु ७१ करोड चार लाख ८१ हजार ११ र कात्तिक महिनामा रु ४६ करोड ७५ लाख ७८ हजार ४८ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । स्थानीय तह तथा संघ र प्रदेशको चुनावले गर्दा पनि कम खर्च भएको यसका जानकारहरु बताउँछन् । सबैको ध्यान निर्वाचनतर्फ रहेकाले पनि विकास निर्माण सुस्ताएको छ । स्थानीय तहहरुमा अहिलेसम्म उपभोक्ता समितिसमेत गठन हुन सकेका छैनन् । उपभोक्ता समिति गठन हुन नसकेर पनि विकास निर्माणका काम शुरु नभएका हुन् । रासस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












