गोरखामा बाबुराम भट्टराईका प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
गोरखा, १० मंसिर । गोरखामा डा. बाबुराम भट्टराईको निर्वाचन प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ परेका छन् । जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा-८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।
गाडीभित्र रहेको कालो रङको ब्यागमा भेटिएको नगद १ लाख रुपैयाँ गोरखाको क्षेत्र नम्बर-२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका-८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।
‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनाबकी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’
बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।
माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले भने, ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’
उता डा. भट्टराईले भने, ‘यो यथार्थ होइन, हामीले त्यसरी पैसा बाँड्ने कल्पना पनि गर्न सकिँदैन । बाबुरामको नेचर नै त्यस्तो होइन । बरु उहाँहरुले गाउँगाउँमा कति खर्च गरिरहनुभएको छ, हामीलाई थाहा छ ।’
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











