नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच कुटाकुट, दुवैपक्षका नगरप्रमुखसहित ६ जना घाइते
नवलपुर, १३ मंसिर । नवलपुरमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुवै तर्फका ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् ।
घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।
दुई पक्षबीच झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएको नवलपुर प्रहरी प्रमुख दिपेद्र जीसीले जानकारी दिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा गस्ती गरेको थियो । आक्रमणको दोष दुबै पक्षले एकअर्कालाई दिएका छन् ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












