पुत्र वियोगको पीडामा रहेका प्रचण्डलाई चितवनवासीको सरप्राईज, प्रकाश सम्झिदै भक्कानिए
चितवन, २५ मंसिर । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार चितवनबासीले ‘सरप्राईज’ नै दिए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका प्रचण्डलाई विजयी गराउँदै चितवनवासीले ‘सरप्राईज’ दिएका हुन् । २०११ मंसिर २६ गते अर्थात आजकै दिन जन्मिएका प्रचण्डलाई जनताले जन्मदिनको उपहारमा राम्रै सरप्राईज नै दिएका हुन् ।
प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत ल्याएका थिए । यतिबेला प्रचण्ड परिवारमा एकातिर खुशीको वाहार आएको छ भने अर्कोतिर आफ्ना एकमात्र पुत्र गुमाएको पीडा छ । प्रचण्डकी कान्छी बुहारी एवं प्रकाश दाहालकी श्रीमती विना मगर पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएकी छन् ।
प्रचण्ड परिवारमा ससुरा बुहारी दुवै विजयको उत्सव नै छ तर प्रकाशको अभावमा उनीहरुको विजय उत्सवलाई मनाउन सकेका छैनन् । प्रचण्डले चुनाब जिते पनि विजयमा छोरा प्रकाश नहुदा रमाउन सकेका छैनन् । निर्वाचनमा विजय भए पनि प्रचण्ड र उनको परिवारले एक्लो पुत्र प्रकाशको अभाव महशुश गरेका छन् ।
विजय घोषणा लगत्तै परिवारसँगको जमघटमा प्रचण्ड र उनको परिवार खुसी देखिएको छैन। मंशिर ३ गते प्रकाशको निधन भएको थियो । अहिले सम्म प्रचण्ड परिवार शोकमै छन्। प्रचण्डले चुनाव जितेपछि प्रकाशका जेठा छोरालाई चुम्बन गरेका थिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...










