स्तन क्यान्सर पीडित विष्णुमायालाई साउदीबाट आर्थिक सहयोग
धनकुटा, २६ मंसिर । श्रीमानको मृत्यु पश्चात् एकल जीवन बितारहनु भएकी क्यान्सर पिडित महिलालाई संजाल साउदीले आर्थिक सहयोग गरेको छ । दुवै स्तन क्यान्सर भै उपचार गराइरहनु भएकी धनकुटा बेलहाराकी विष्णु माया तिरुवालाई दलित एकता सञ्जाल नेपाल साउदीले आर्थिक सहयोग गरेको हो । संजाल साउदी अध्यक्ष रमेश लाम्गादे र सचिव देवेन्द्र विश्वकर्माको संयुक्त पहलमा एघार हजार पाँच सय रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको हो ।
संकलित रकमबाट २ हजार बराबरको न्यानो कपडा र पोशिलो खाना र नगद ९ हजार पाँच सय रुपैयाँ संजाल अन्तर्राष्ट्रिय समन्वय समितिका पुर्व कोषाध्यक्ष माधव शिवा र पुर्व उपसंयोजक पदम नेपालीले धरानस्थित घोपा क्याम्पमा नै गएर हस्तान्तरण गर्नुभएको हो । संजाल साउदीका अध्यक्ष रमेश लाम्गादेले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
सहयोगीहरुमाः
१. खिम श्रीपाली १०० रियाल
२. रमेश लाम्गादे ७० रियाल
३. देवेन्द्र विश्वकर्मा ५० रियाल
४. लोकेस रम्जाली ५० रियाल
५. नीर्दोस वि।क ५० रियाल
६. नीर बहादुर सुनार ५० रियाल
७. प्रमोद विश्वकर्मा ५० रियाल
८. इन्द्र मगर २० रियाल
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












