सुन्तलाले उचित मूल्य नपाउँदा किसान चिन्तित
उदयपुर, २७ मंसिर । यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् । ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।
“उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,” उहाँले भन्नुभयो । स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ५० देखि रु ७० रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ । अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला रु ४० प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका–७ ओख्लेका कृष्णबहादुर ठकुरी बताउनुहुन्छ ।
सुन्तला बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्ने ठकुरीले यस वर्ष मूल्य घट्दा यस वर्ष घाटा लाग्ने अवस्था रहेको बताउनुभयो । मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य छन् । शुरुमा सय रुपैयाँ किलो हुँदै असी रुपैयाँ किलोसम्म मूल्य रहेको भए तापनि अहिले सुन्तलाको मूल्य रु ५० पुगेको छ । अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सुनकोशी गाउँपालिका ठानागाउँका कर्णबहादुर खत्री बताउनुहुन्छ ।
पहिला–पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले बाहिरबाट सस्तो सुन्तला आयत हुन थालेपछि स्थानीय सुन्तलाले मूल्य पाउन नसकेको हो । विगतका वर्षमा जिल्लाका केही किसानले सुन्तला बिक्रीबाट रु आठ लाखसम्म आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा धनकुट्टे र स्थानीय प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












