मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम, २ पुस । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा/आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे तर उहाँलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो ।
दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२/०४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाउनुभयो । शुरुमा उहाँ आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाउनुभयो ।
विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाउनुुभयो र ०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उहाँ जानकारी दिनुभयो । विसं०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन/चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो थियो ।
“मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी तीन रुपैयाँले पनि बेचेको छु।’’ उहाँले भन्नुभयो “अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख ०६१ सालपछि फेरि उदायो । विसं २०६१ मा आफूले अदुवा रू ११० प्रति केजीले बेचेकोे वर्ष रू एक लाख आम्दानी भएको थियो । त्यसयता उहाँले हरेकवर्ष कम्तीमा रू ३०÷४० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताउनुभयो । सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आउनुभएको छ ।
यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोप्नुभएको छ । यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत बीउको रुपमा काम गर्ने उहाँले बताउनुभयो । “गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको याम शुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हूँ,” भट्टराईले भन्नुभयो ।
विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनु भएका उहाँ गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुभएकाले उहाँलाई अदुवाखेतीका अभियन्ताको रुपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन् । भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो ।
केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताउनुभयो । गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उहाँको बुझाइछ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिनुभयो । गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देउ, फि¥योभने लिन जाउ’ भन्दै अभियान थाल्नुभएका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उहाले भन्नुभयो, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।
गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उहाँले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भन्नुभयो, अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाउनु पनि भयो । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भटृराईले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












