मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम, २ पुस । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा/आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे तर उहाँलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो ।
दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२/०४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाउनुभयो । शुरुमा उहाँ आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाउनुभयो ।
विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाउनुुभयो र ०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उहाँ जानकारी दिनुभयो । विसं०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन/चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो थियो ।
“मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी तीन रुपैयाँले पनि बेचेको छु।’’ उहाँले भन्नुभयो “अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख ०६१ सालपछि फेरि उदायो । विसं २०६१ मा आफूले अदुवा रू ११० प्रति केजीले बेचेकोे वर्ष रू एक लाख आम्दानी भएको थियो । त्यसयता उहाँले हरेकवर्ष कम्तीमा रू ३०÷४० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताउनुभयो । सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आउनुभएको छ ।
यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोप्नुभएको छ । यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत बीउको रुपमा काम गर्ने उहाँले बताउनुभयो । “गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको याम शुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हूँ,” भट्टराईले भन्नुभयो ।
विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनु भएका उहाँ गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुभएकाले उहाँलाई अदुवाखेतीका अभियन्ताको रुपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन् । भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो ।
केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताउनुभयो । गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उहाँको बुझाइछ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिनुभयो । गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देउ, फि¥योभने लिन जाउ’ भन्दै अभियान थाल्नुभएका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उहाले भन्नुभयो, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।
गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उहाँले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भन्नुभयो, अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाउनु पनि भयो । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भटृराईले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












