अब सार्वजनिक स्थानमा फोहोर फाले प्रहरीले ‘च्याप्प’ समात्ने, अनि २४ घण्टा हिरासत बस्नुपर्ला !
काठमाडौं, १३ पुस । के तपाई सार्वजनिक स्थलमा फोहोर फाल्दै हुनुहुन्छ ? यदि हो भने ख्याल गर्नुहोस् प्रहरीले पक्राउ गर्ला । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग मागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । ‘सिडओ साहब हाम्रो प्रस्तावमा सहमत हुनुभएको छ । अब ड्युटीमा रहेका प्रहरीले पनि हामीलाई फोहोरमैला नियन्त्रणमा सहयोग गर्नुहुनेछ,’ कुँवरले भने ।
फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए । ‘प्रहरी २४ घण्टा नै सार्वजनिक स्थानमा खटिएको हुन्छ । हामीले मात्रै नियन्त्रणका लागि गरेका प्रयास सफल भएन,’ कुँवरले भने,’अब प्रहरीको सहयोग लिएर जथाभावी फोहोर फाल्नेलाई हामी कारवाही गर्छौं ।
फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए । फोहोर व्यवस्थापन काठमाडौं उपत्यकाको प्रमुख टाउको दुखाईको विषय बनिरहेका बेला प्रहरीको सहयोगले धेरैहदसम्म नियन्त्रणमा आउने महानगरले विश्वास लिएको छ । जथाभावी फोहोर नफाल्न महानगरले विभिन्न प्रयासहरु गरेपनि खासै सार्थकता पाउन नसक्दा प्रहरीको सहयोग लिनुपरेको महानगरले जनाएको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











