यस्तो आयो साझाको अपांगमैत्री बसः खाल्डाखुल्डी भएका सडकमा चल्न नसक्ने
काठमाडौं, २२ माघ । साझा यातायातले नेपालमै पहिलो पटक अपांगमैत्री बस ल्याएको छ । काठमाडौं महानगरको सहयोग र अशोक लेल्याण्डको सहकार्यमा साझाले ‘सेमी–लो फ्लोर’ बस काठमाडौं ल्याएको हो । प्रविधिक चेकजाँच, दर्ता प्रकृया र रुट परमिट पछि बस संचालनमा आउने साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।
‘यो बस मुख्यतः अपाङ्गमैत्री छ। ‘अपाङ्गहरुले प्रायोग गर्न पाउन भन्ने उद्देश्य नै यो बस ल्याइएको हो, हस्पिटल पर्ने रुटहरुमा यसलाई संचालन गर्ने सोचमा छौँ’ पाण्डेले भने। लगनखेलबाट त्रिपुरेश्वर, टिचिङ हुँदै बासबारीसम्म चलाउन उपयुक्त देखिएको उनले बताए। ‘सो रुटमा त्यति धेरै खाल्डाखुल्डी नभएकोले चलाउन केही सहज रहेको हाम्रो ठम्याइ छ’ उनले भने।
अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ। आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिने साझाले जनाएको छ। १२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन्।
यो अरु भन्दा महङ्गो, ग्राउण्ड क्लियरेन्स लो भएकोले सडक उपयुक्त छ कि छैन भनेर जाँच्न गाह्रो हुने भएकाले धेरै संख्यामा ल्याउन नसकिएको साझा यातायातका संचालक समितिमा सदस्य भुषण तुलाधरले जानकारी दिए। ‘यो गाडीको मूल्य १ करोड भन्दा बढी छ, तर अशोक लेल्याण्डले हामीलाई ३५ लाखमै उपलब्ध गराएको हो’ उनले भने ‘यस्तो गाडी जोरपाटीको रुटमा पनि जरुरत छ तर त्यँहाको बाटोको स्थिति हेर्दा अहिले उपयुक्त देखिँदैन’ तुलाधरले भने।
ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेकोे भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ। यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन्।
अन्य साझामा भएका क्यामरा, डिस्प्ले, लगायतका सुविधा यसमा पनि छन्। यो बस गियररहित भएकोले ड्राईभरलार्इ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ। यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












