यस्तो आयो साझाको अपांगमैत्री बसः खाल्डाखुल्डी भएका सडकमा चल्न नसक्ने
काठमाडौं, २२ माघ । साझा यातायातले नेपालमै पहिलो पटक अपांगमैत्री बस ल्याएको छ । काठमाडौं महानगरको सहयोग र अशोक लेल्याण्डको सहकार्यमा साझाले ‘सेमी–लो फ्लोर’ बस काठमाडौं ल्याएको हो । प्रविधिक चेकजाँच, दर्ता प्रकृया र रुट परमिट पछि बस संचालनमा आउने साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।
‘यो बस मुख्यतः अपाङ्गमैत्री छ। ‘अपाङ्गहरुले प्रायोग गर्न पाउन भन्ने उद्देश्य नै यो बस ल्याइएको हो, हस्पिटल पर्ने रुटहरुमा यसलाई संचालन गर्ने सोचमा छौँ’ पाण्डेले भने। लगनखेलबाट त्रिपुरेश्वर, टिचिङ हुँदै बासबारीसम्म चलाउन उपयुक्त देखिएको उनले बताए। ‘सो रुटमा त्यति धेरै खाल्डाखुल्डी नभएकोले चलाउन केही सहज रहेको हाम्रो ठम्याइ छ’ उनले भने।
अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ। आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिने साझाले जनाएको छ। १२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन्।
यो अरु भन्दा महङ्गो, ग्राउण्ड क्लियरेन्स लो भएकोले सडक उपयुक्त छ कि छैन भनेर जाँच्न गाह्रो हुने भएकाले धेरै संख्यामा ल्याउन नसकिएको साझा यातायातका संचालक समितिमा सदस्य भुषण तुलाधरले जानकारी दिए। ‘यो गाडीको मूल्य १ करोड भन्दा बढी छ, तर अशोक लेल्याण्डले हामीलाई ३५ लाखमै उपलब्ध गराएको हो’ उनले भने ‘यस्तो गाडी जोरपाटीको रुटमा पनि जरुरत छ तर त्यँहाको बाटोको स्थिति हेर्दा अहिले उपयुक्त देखिँदैन’ तुलाधरले भने।
ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेकोे भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ। यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन्।
अन्य साझामा भएका क्यामरा, डिस्प्ले, लगायतका सुविधा यसमा पनि छन्। यो बस गियररहित भएकोले ड्राईभरलार्इ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ। यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











